Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सरकारले उपसभामुखलाई राजीनामाका लागि बलजफ्ती गरेको छैनः सांसद बर्तौला


काठमाडौं। नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् ।

मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताएका हुन् । उनले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताउदै उनले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसदमा उठेको विषय भएको बताएका छन् । उनले उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताएका छन् ।

उनले भने‘उपसभामुखसँग जोडिएको घटना संसदको विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकुल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसदमा उठ्यो । एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसदको पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसदको मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफ्ती गरेका छैनौँ ।’

उनले प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाउदै प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उनको भनाई छ ।


प्रकाशित मिति: २५ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?