Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्छ : माधव नेपाल


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताएका थिए ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताएका छन् ।

उनले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताउदै उनले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताएका छन् । कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाको फैसलाको पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको बताएका छन् ।

उनले भने, ‘अहिले तपाईं हामी जुन पीरमर्कामा छौँ, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशिल छ । जनताको समस्या हाम्रो पनि समस्या हो । जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौँ । जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौँ । उज्यालो अनुहार हेर्न चाहन्छौँ । एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ । पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैसी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ । आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो । अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ । जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ । म प्रधानमन्त्री भएको बेलामा अरुले गरिदेओस् भनेर हुने बेला थिएन । बरु गर्दिन भनेका थिए मलाई । तपाईं नगर्नुस्, म गर्दिन्छु । कतिपय नेताहरुको खुट्टा काँप्न थालेको थियो । मैले खुट्टा काम्नेहरु कामिरहुन् । अघि बढिन्छ भनेर ठूला निर्णय गरेको थिएँ । चाहे त्यो विदेशी संस्थाहरुलाई नेपालबाट विदा गर्नेकुरा होस्, कतिपय मुलुकको बिरुद्धमा लागेका नेताहरुलाई थान्को लगाउने कुरामा होस्, दृढताका साथ गरेको थिएँ । हामीले आवाज उठाउनसक्छौँ, निर्णय गर्न सक्दैनौँ । न्यायपालिकाको काम हामीले गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताएका छन्।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?