Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको छः उपप्रधानमन्त्री सिंह


काठमाडौं। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशलाई समृद्ध र नागरिकलाई खुशी बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

सोमवार मन्त्रालयमा नेकपा एमालेको शहरी विकास हेर्ने विभागको तर्फबाट नेता शेरबहादुर तामाङ नेतृत्वले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनतालाई सन्तोष पार्न सरकारले आवश्यक पहलकदमी लिइरहेको बताउनु भयो । ऐनहरुको अभावका कारण शहरी विकासलाई व्यवस्थित गर्न नसकिएको भन्दै अहिले सरकारले पुराना ऐनहरुको संशोधन गरी नयाँ ऐन बनाउने कामलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । आफू मन्त्री बनेर आइसकेपछि सबैभन्दा बढी जोड विकास निर्माणका कामहरु र नीति बनाउने कामलाई दिएको स्पष्ट पर्नुभयो । नीति निर्माण र कार्यान्वयनमा सबैले सहयोग गर्ने अपेक्षा राखेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ऐनहरुको अभावको कारणले गर्दा, पुराना ऐनहरुलाई समय बदलिसकेको छ, पुरानै जमानाको ऐनले काम दिँदैन । त्यो कारणले गर्दा म यहाँ आइसकेपछि सबैभन्दा बढी जोड दिएको विकास निर्माणका कामहरु त भइराख्छ तर नीति बनाउने कुरामा काम गरेको तर कार्यान्वयनमा जान नसकेको अवस्था छ । मन्त्रीपरिषद्मा लगेर, संसदमा लगेर ऐन बनाउने कुरामा मैले जोड दिइरहेको छु । मलाई विश्वास छ, तपाईंहरुको त्यसमा पूरा सहयोग रहनेछ । अहिले सरकार नेपाली काँग्रेस र नेकपा एमालेकै हो । भनेपछि हामीले जनतालाई सन्तोष पार्न के गर्नुपर्छ, त्यसमा हामी लाग्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले गाउँपालिका वा नगरपालिकाभित्र बस्ने मानिसहरुको जीवन सहज हुनुपर्ने र त्यसका लागि शहरहरु विकास गर्दा सुविधायुक्त गाउँ र शहर बनाउनुपर्ने बताउनु भयो । उहाँले अत्यावश्यक भौतिक पूर्वाधारहरु गाउँगाउँमै पु¥याउनुपर्नेमा सरकार लागिरहेको बताउनु भयो । नेकपा एमालेको शहरी विकास विभागले शहर व्यवस्थ्ति बनाउने सुझावसहितको ज्ञापन पत्र उपप्रधानमन्त्री सिंहलाई बुझाएका हुन् ।


प्रकाशित मिति: २४ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?