Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एन्फा लिगमा कोशीको तेस्रो र पुलिसको दोस्रो जित


काठमाडौं  । पूर्णिमा राईको दुई गोल प्रेरणामा कोशी प्रदेशले जारी एन्फा महिला लिगमा आईतवार पनि आफ्नो विजययात्रालाई तेस्रो खेलसम्म पुर्याएको छ ।

सातदोबाटोस्थित एन्फामा कम्प्लेक्स मैदानमा कोशीले कर्णालीमाथि ४–० को नतिजा निकाल्दै जारी लिगमा तेस्रो जित प्राप्त गरेको हो । कोशीको जितमा पूर्णिमाले दुई तथा समीक्षा मगर र प्रतिक्षा राईले समान एक गोल गरे । यसअघि कोशीले पहिलो खेलमा वालिङ नगरपालिकामाथि ४–० को निकाल्दा वागमती युवा क्लवलाई २–१ ले पराजित गरेको थियो । आईतवारको पहिलो खेलमा पनि कोशीले विजयीयात्रा जारी राख्यो । कोशीले पहिलो हाफमा एक गोल गरेको थियो । तर, दोस्रो हाफमा थप आक्रामक बन्दै कोसीले तीन गोल थप्यो ।

कोशीले प्रादेशिक प्रतिद्वन्द्वीमाथि लगातार दबाब बनायो । तर पहिलो गोल निकाल्न भने ३४औं मिनेटसम्म प्रतिक्षा गर्नुप¥यो । पूर्णिमाले ममता राउतले राइट साइडबाट दिएको कट्ब्याक पासमा गोल गरेकी हुन् । त्यो गोलसँगै पहिलो हाफमा कोसी १–० ले अगाडि रह्यो । दोस्रो हाफमा थप आक्रामक बनेको कोशीले तीन गोल थप्यो । ६७ औं मिनेटमा कोशीले अग्रता दोब्बर बनायो । समीक्षाको गोलबाट कोशीले अग्रता दोब्बर बनाएको हो । पूर्णिमाको थ्रु पास नियन्त्रणमा लिएकी समीक्षाले वान भर्सेस वानमा कर्णालीकी कप्तान तथा गोलकिपर लिला जोशीलाई बिट गरिन् ।

७३औं मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरिन् । समीक्षाको थ्रु पासमा पूर्णिमाले कर्णालीकी गोलकिपर लिलासँग वान भर्सेस वानमा गोल गरेकी हुन् । दुई मिनेटपछि नै कोसीले अग्रता ४–० ले अगाडि बढायो । ७४औं मिनेटमा प्रतीक्षाको गोलबाट कोसीले सहज अग्रता बनायो । ममता राउतको पासमा प्रतीक्षाले कर्णालीकी गोलकिपर लिलालाई बिट गर्दै गोल गरेकी हुन् । यससँगै बाँकी समयमा थप गोल हुन सकेन र कोसीले तेस्रो सफलता पायो । जितसँगै कोसीले तीन खेलबाट ९ अंक बटुल्यो । लगातार दोस्रो हारसँगै तीन खेलबाट कर्णालीको एक अंक छ ।
यसअघि चन्द्रपुरसँग १–१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४–० को हार व्यहोरेको थियो । यता, आईतवार नै विभागीय टोली नेपाल पुलिस क्लवले वागमती युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । यो जितसँगै नेपाल पुलिसको तीन खेलबाट सात अंक छ । निर्मला उपाध्यायको गोल नै निर्णायक बनेपछि पुलिसले साँघुरो जित निकालेको हो । खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकियो । ६५ औं मिनेटमा निर्मलाले गोल गर्दै अग्रता दिलाइन् ।

दीपा न्यौपानले गरेको क्रस बल वागमतीका डिफेन्डरले क्लियर गर्न नसक्दा सो बल नियन्त्रणमा लिँदै निर्मलाले गोल गरेकी हुन् । त्यसपछि दुवै तर्पmबाट गोल भएन र पुलिसले दोस्रो जित निकाल्यो । पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरीको नतिजा सामना गरेको पुलिसले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९–० को गोलवर्षा गरेको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?