Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

अरुलाई दोष दिएर हुँदैन, देश बनाउने हामीले होः प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताएका छन् । उनले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरुको भएको बताए । प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रहगरेका छन् । उनले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभुति दिलाउने गरी काम गरिरहेको बताउदै देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

उनले भने, ‘हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरु हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम ग¥यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्यऔँ । जनताको जीवनमा सकारात्मक अनुभुति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबै कुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभुति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशिलता दिएर अघि बढौँ ।’

प्रधानमन्त्री ओलीले जनतालाई पु¥याउने सेवामा कुनैपनि कारणले कमी हुन नदिन निर्देशन दिएका छन्।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?