Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकताः मन्त्री गुप्ता


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारीहरुले क्षमता विकासमार्फत प्रविधिमैत्री सेवा प्रवाह गर्नु आजको आवश्यकता भएको बताएका छन्  ।

शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले  देश संघीय शासन व्यवस्थामा प्रवेश गरेपछि नेपालको संविधानअनुकुल कर्मचारीतन्त्रलाई व्यवस्थित तुल्याउन नेपाल सरकारद्वारा संघीय संसदमा पेश गरिएको संघीय निजामति सेवा विधेयकलाई उच्च प्राथमिकतामा राखि छिटै पारित गराउन आफूले पहल गरिरहेको बताएका छन्  ।

मन्त्री गुप्ताले नयाँ निजामति सेवा ऐनले कर्मचारीतन्त्रमा देखिएको अन्योलता र असपष्टता हटाइ कर्मचारीहरुको मनोबल उच्च तुल्याइ सेवा प्रवाह प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्थायी सरकारको रुपमा रहेको निजामति सेवा जनताको आशा र भरोसाको केन्द्र भएको उल्लेख गरेका छन्  ।

मन्त्री गुप्ताले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमार्फत आवश्यक सेवा प्रवाह र प्रशासन प्रवद्र्धनमा काम गरिरहेको बताउदै स्थानीय तहको क्षमता अभिवृद्धि मन्त्रालयको उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन्  ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?