Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

निजामति सेवा सेवाग्राहीमैत्री हुनुपर्छः मुख्यसचिव अर्याल


काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले निजामति सेवा प्रविधिमैत्री, सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताएका छन्।

शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले  निजामति प्रशासनको विगतमा कायम भएको गरिमालाई जोगाउन आज हाम्रा सामु विभिन्न चुनौतिहरु खडा भएको उल्लेख गरेका छन् ।

मुख्यसचिव एकनारायण अर्यालले बदलिँदो विश्व परिवेशसँगै नेपालको शासन व्यवस्थामा सिर्जित नयाँ आयामलाई सम्बोधन गर्न निजामति सेवा प्रविधिमैत्री सिर्जनशिल, सेवाग्राहीमैत्री र नतिजामुखी हुन जरुरी रहेको बताउदै सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामुलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभुति गर्ने कार्यमा निजामति सेवाको प्रमुख भुमिका रहेको बताए। उनले आफ्नो कर्तव्य र जिम्मेवारीमा उच्च मनोबलका साथ सकारात्मक सोच राखि जनताको सेवामा लाग्न कर्मचारीहरुलाई निर्देशन दिएका छन्  ।

मुख्यसचिव अर्यालले संघीय निजामति सेवा ऐनको अभावमा प्रशासनिक संघीयताले पूर्णता पाउन नसकिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?