Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

अब समय आएको छ, निजामति सेवा ऐन चाँडै पास हुन्छः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनु भयो । उहाँले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनु भयो । उहाँले जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने बताउनु भयो ।

उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिमा पास गरिएको उल्लेख गर्नुभयो । उहाँले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने बताउनु भयो । उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘निजामति सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अफ्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरुको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको नै सरकार छ ।

त्यसो भएर त्यति अफ्ठ्यारो छैन संख्याको हिसावले । हामी छलफल गर्छौं कुनैपनि हिसावले अफ्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास ग¥यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ । हामी अब निजामति सेवा ऐनलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ भन्छौँ नि म । समय आएको छ ।’प्रधानमन्त्री ओलीले अब देश बनाउने समय आएको भन्दै अहिलेको समय बलवान रहेको बताउनु भ्यो । —न्युज एजेन्सी नेपाल


प्रकाशित मिति: २२ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?