Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१७ पुष २०८२, बिहीबार
१७ पुष २०८२, बिहीबार

दक्षिण अफ्रिकामा रहेका नेपालीहरुको समस्या समाधान गर्न सहयोग गर्छुः प्रश्तावित राजदुत श्रेष्ठ


काठमाडौं । दक्षिण अफ्रिकाका लागि प्रश्तावित राजदुत प्रा.डा. कपिलमान श्रेष्ठले त्यहाँ अवस्थित नेपालीहरुको समस्या समाधान गर्न भुमिका खेल्ने बताएका छन्।

बुधवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत श्रेष्ठले दक्षिण अफ्रिकामा बसोबास गर्ने ३ हजार ५ सय नेपालीहरुलाई नेपालसँग सम्बन्ध गाँस्न र आइपरेका समस्या समाधान गर्न भुमिका खेल्ने बताएका छन् । उनले राजदुतावासको क्षमता विकास गर्ने पनि बताए । उनले दक्षिण अफ्रिकामा नेपालको बारेमा प्रचार–प्रसार गर्दै नेपालसँगको सम्बन्ध फाइदाजनक हुने कुरामा विश्वास दिलाउन लागि पर्ने बताउदै लगानी भित्र्याउनका लागि निजी क्षेत्रहरुका बीचमा सम्बन्ध स्थापित गराउने र छलफल चलाउने पनि उनको भनाई छ ।

श्रेष्ठले दुई देशका बिचमा क्रिकेट खेलको क्षेत्रमा सम्बन्ध स्थापित गराउने बताउदै उनले राजदुत पद परिवर्तनको वाहकको रुपमा रहेको भन्दै सोही रुपमा पदीय मर्यादा कायम राख्ने बताएका छन्।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?