Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

कृषिका लागि आवश्यक कलकारखाना र सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्छुः प्रश्तावित राजदुत तुम्वाहाङ्फे


काठमाडौं ।दक्षिण कोरियाका लागि प्रश्तावित राजदुत डा. शिवमाया तुम्वाहाङ्फेले कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानी भित्र्याउन पहल गर्ने बताएकी छिन् ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उनले दक्षिण कोरियाबाट कृषि उत्पादनका लागि आवश्यक कारखाना, मल उत्पादन एवं सूचना प्रविधिमा लगानीका लागि अधिकतम पहल गर्ने बताइन्। त्यस्तै, चक्रपथसहित सडक निर्माण, ठूला पूर्वाधार लगायत विभिन्न निर्माण कार्यको लागि प्रश्ताव गर्ने बताएकी छिन्  ।

उनले फोहोर व्यवस्थापन, अर्गानिक मल उत्पादन कारखाना खोल्ने लगायतका विषयमा पनि सहयोग प्रश्ताव गर्ने उल्लेख गरिन् । उनले लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन पहल गर्ने भन्दै लुम्बिनीलाई ५ सय मिलियन बौद्धमार्गीहरुको आस्थाको केन्द्र बनाउने लक्ष्यसहित कम्तिमा ०.५ प्रतिशत बौद्धमार्गीलाई नेपाल ल्याउन पहल गर्ने योजना रहेको बताएकी छिन् । त्यसैगरी नेपालमा बढीभन्दा बढी दक्षिण कोरियाली पर्यटक भित्राउन काठमाडौं–कोरिया सिधा उडान भर्न पहल गर्ने र दक्षिण कोरियामा कामदारको कोटा वृद्धिका लागि आवश्यक पहल गर्ने बताइन् ।

उनले संसदीय कुटनीतिका लागि आवश्यक पहल गर्ने पनि बताएकी छिन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?