Trending
>>   ‘बंगलादेशको निर्वाचन–सडकको जोस र सत्ताको होस’ >>   एन्ड्रयु विरुद्ध कानुनी घेराबन्दी: राजा बन्ने बाटो बन्द गर्ने तयारी >>   अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्प प्रशासनका ट्यारिफहरू गैरकानूनी ठहर >>   आगलागीको त्रास: दुई दिनमै देशभर १२ विपद्, एकको मृत्यु >>   सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा निर्वाचन मतपत्र ढुवानीको काम सम्पन्न >>   कामनपा वडा-१९, यटखा बहालमा फायर हाइड्रेन्ट पोइन्ट पाइपलाइनको उद्घाटन (तस्बिरसहित) >>   धरहराको सञ्चालन तथा व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने >>   वागमती प्रादेशिक ललितकला प्रदर्शनी शुरु (तस्बिरसहित) >>   बैंक खाता खोल्ने काममा ढिलाई नगर्न उम्मेदवारहरुलाई निर्वाचन आयोगको ताकेता >>   ‘संविधान कार्यान्वयन नगर्ने राजनीतिक दलहरूले चुनावी घोषणापत्र कसरी कार्यान्वयन गर्छन् ?’
Logo
९ फाल्गुन २०८२, शनिबार
९ फाल्गुन २०८२, शनिबार

नेपाल र साउदी अरबबीचको श्रम सम्झौता पुनरावलोकन गर्छौंः प्रश्तावित राजदुत ढकाल


काठमाडौं । साउदी अरबका लागि प्रश्तावित राजदुत नरेशविक्रम ढकालले आफू राजदुत नियुक्त भए नेपाल र आउदी अरबबिचको श्रम सम्झौता पुनरावलोकन गर्ने बताएका छन् ।

बुधवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै साउदी अरबका लागि प्रश्तावित राजदुत ढकालले आफू नियुक्त भए नेपाल र साउदी अरबका बीचमा भएको सम्झौता पुनरावलोकन गर्ने बताउदै उनले त्यसका लागि मस्यौदा समेत तयार भइसकेको अवस्था रहेको भन्दै मस्यौदालाई अन्तिम रुप दिएर सम्झौता पुनरावलोकन गर्न भुमिका खेल्ने बताएका छन् ।

उनले साउदी अरबमा रहेका ४ लाख नेपालीहरुले पुरानै स्केल अनुसार काम गरिरहनु परेको अवस्था रहेकाले बजारको नयाँ अवस्था अनुरुप श्रम सम्झौता हुनुपर्नेमा जोड दिदै उनले आफुले यस विषयलाई उच्च महत्व दिएको बताएका छन् । त्यसैगरी नेपाल–साउदी अरबका बीचमा उच्चस्तरीय भ्रमण गराउने पनि उनको कार्ययोजना रहेको छ । दुतावासको भवन बनाउने, नेपाली कामदारहरुलाई जनचेतना जगाउने लगायतका काम पनि आफूले गर्ने उनले बताएका छन् ।

उनले भने, ‘उच्चस्तरीय भ्रमण भएको छैन । साउदी अरबबाट मात्र होइन नेपालबाट पनि दोहोरो उच्चस्तरको भ्रमण गराउने मेरो पहिलो योजनामा राखेको छु । मेरो तर्फबाट मैले वार्ता, छलफल गर्ने र निमन्त्रणा आदान–प्रदान गर्ने काम गर्दछु । जसले गर्दा दुई देशको सम्बन्धले उचाई कायम गर्नेछ । हाम्रा ४ लाख नेपालीहरु हुनुहुन्छ । उहाँहरुका लागि लामो समयदेखि श्रम सम्झौतालाई पुनरावलोकन गर्नुपर्ने अवस्था छ । किनकी बजारको वर्क भ्यालु धेरै बढिसकेको छ । यद्यपी पुराना स्केलमा काम गर्नु परिरहेको छ । त्यसैले यो सम्झौतालाई मैले धेरै महत्वका साथ लिनेछु र त्यहाँ रहँदा साउदी अरबको सरकारसँग नेपाल सरकारसँग अनिवार्य रुपमा गर्नुपर्ने खालको, उच्च महत्व दिनुपर्ने छ । यसका लागि ड्राफ्टहरु तयार गरिएका पनि छन् । त्यसलाई फाइनल कसरी गर्न सकिन्छ ? त्यसमा मेरो भुमिका रहनेछ । साउदी सरकारले नेपाली दुतावास बनाउन जग्गा उपलब्ध गराउने भएको छ । त्यसकारण मेरो कार्यकालमा नेपाल सरकारको सहयोगमा दुतावास भवन स्थापना गर्ने योजनामा मेरो महत्वपूर्ण भुमिका रहनेछ र काम गर्नेछु ।’

प्रश्तावित राजदुत ढकालले दुतावासको आन्तरिक सेवा प्रवाहलाई सुदृढ गर्ने बताउदै उनले नेपालको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार, विकासमा लगानी वृद्धि, प्रवासी नेपालीहरुको समस्या रोकथाम, न्युनिकरण र समाधानका लागि काम गर्ने पनि बताएका छन्।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?