Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तिब्रताका साथ पहल गर्छुः प्रश्तावित राजदुत चौहान


काठमाडौं । रूसका लागि प्रश्तावित राजदुत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई नेपाल फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका हुन् । आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको बताए ।

उनले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरुसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने बताएका छन् । उनले नेपाली नागरिकहरु विचौलियाहरुमार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ पुगेका बताउदै उनले व्यक्तिगत सम्झौता एक वर्षको लागि रहेको र सम्झौता अवधि सकिएपछि आफैँ फर्किन सक्ने पनि उनको भनाई छ ।

प्रश्तावित राजदुत चौहानले नेपालमा तेल आयात गर्ने वैकल्पिक स्रोत रुस रहेको भन्दै यस निम्ति पनि काम अगाडी बढाउने बताएका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?