Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन तिब्रताका साथ पहल गर्छुः प्रश्तावित राजदुत चौहान


काठमाडौं । रूसका लागि प्रश्तावित राजदुत प्रा.डा.जंगबहादुर चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई नेपाल फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका छन् ।

संसदीय सुनुवाई समितिको बुधवारको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत चौहानले रुसी सेनामा भर्ती भएका नेपालीहरुलाई स्वदेश फर्काउन तिब्रताका साथ पहल गर्ने बताएका हुन् । आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउनु सरकारको जिम्मेवारी भएको भन्दै सरकारले पहल पनि गरिराखेको बताए ।

उनले आफूसँग रुसी भाषाको ज्ञान भएको र रुसी नागरिकहरुसँग परिचय समेत भएको भन्दै नेपालीलाई स्वदेश फर्काउने काममा सहज हुने बताएका छन् । उनले नेपाली नागरिकहरु विचौलियाहरुमार्फत व्यक्तिगत सम्झौताको आधारमा त्यहाँ पुगेका बताउदै उनले व्यक्तिगत सम्झौता एक वर्षको लागि रहेको र सम्झौता अवधि सकिएपछि आफैँ फर्किन सक्ने पनि उनको भनाई छ ।

प्रश्तावित राजदुत चौहानले नेपालमा तेल आयात गर्ने वैकल्पिक स्रोत रुस रहेको भन्दै यस निम्ति पनि काम अगाडी बढाउने बताएका छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?