Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

माओवादीले भ्रम सिर्जना गर्दैछ: सांसद महत


काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले समावेशितामा सम्झौता नहुने गरी संविधान संशोधन हुने बताएका छन्  ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले बुधवार विपी चिन्तन प्रतिष्ठानले जनकपुरधाममा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौति विषयका गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

उनले  काँग्रेस—एमालेबीच भएको सम्झौताका सात बुँदामा एउटा संविधान संशोधन पनि रहेको उल्लेख गर्दै समावेशीतालाई कमजोर गर्नेगरी संविधान संशोधन नहुने प्रतिवद्धता जनाएका छन् । उनले नेकपा (माओवादी केन्द्र) ले जनताको अधिकार खोस्नलाई संविधान संशोधनको कुरा गरेको भनेर भ्रम सिर्जना गरिरहेको बताए । उनले क्षेत्र आरक्षण गरेर प्रत्यक्ष निर्वाचनमार्फतबाट पनि समावेशिता ल्याउन सकिने बताएका छन् ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका सांसद महतले अहिलेको सरकारले देश र जनताप्रति केन्द्रित भएर काम गर्न आवश्यक रहेको बताउदै  सांसद महतले नेपालमा कृषिमा निर्भर जनसंख्याको आय न्युन हुनु चिन्ताको विषय रहेको बताएका छन्  ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?