Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

राम्रो कानून निर्माणका लागि सरकारले यथेष्ट ध्यान दिन्छः कानूनमन्त्री चौरसिया


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सरकारले राम्रो कानून बनोस् भन्नेकुरामा यथेष्ट ध्यान दिएको बताएका छन्  ।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा  मन्त्री चौरसियाले सो विधेयकले पनि कानून निर्माणका लागि संसदलाई अझ बढी अधिकार दिने व्यवस्था राखेको उल्लेख गरेका छन् ।पार्लियामेण्टलाई पनि अझ सशक्त ढंगले कानून बनाउन अधिकार दिने व्यवस्था सो विधेयकले गरेकाले कानून निर्माणको प्रक्रिया अझ बढी प्रभावकारी हुने उनको विश्वास थियो ।

मन्त्री चौरसियाले कानून निर्माणको कामलाई अझ पारदर्शी, व्यवस्थित र गुणस्तरीय बनाउने कुरामा सरकारले अन्तराष्ट्रिय प्रचलनलाई ध्यान दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । उनले कानून निर्माणको प्रक्रियालाई व्यवहारिक रुपमा नै अझ बलियो बनाउनका लागि विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सरकारले संसदमा ल्याएको दाबी समेत गरेका छन् ।

मन्त्री चौरसियाले सरोकारवालाहरुको सुझावलाई कानून निर्माण प्रक्रियामा विशेष ध्यान सरकारले दिने पनि बताएका छन्  ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?