Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राष्ट्रपति समक्ष भाषा आयोगको आठौं प्रतिवेदन पेश : कार्यक्रमतर्फ बजेट शुन्यता रहेको गुनासो


काठमाडौं ।भाषा आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ ।

बुधवार राष्ट्रपति भवन शितल निवासमा पुगेर आयोगले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले आयोगको आठौं प्रतिवेदन ( आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन) राष्ट्रपति पौडेललाई बुझाएको बताए।  उनले प्रतिवेदनमा भाषा आयोगले गरेका काम, भाषा आयोगले गरेका सिफारिस र आयोगलाई परेका कठिनाइहरुका बारेमा उल्लेख गरिएको बताएका छन् ।

आयोगलाई २० ८०÷०८१ मा कार्यक्रमतर्फ बजेट शुन्यता रहेको गुनासो गर्दै अपेक्षाकृत रुपमा कार्यक्रमहरु अघि बढाउन नसकेको बताउदै उनले आदिवासी भाषा दशक सन् २०२२ देखि ०३२ मा अपेक्षित काम गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै आएका कक्षाहरु अघि बढाउन नसकेको जिकिर गरेका छन्  । बजेट अभावका कारण अनुसन्धान गराइरहेका कयौँ अमूल्य निधीहरुको प्रकाशन गर्न नसकेको पनि बताए । उनले प्रदेश र स्थानीय सरकारसँगको सहकार्य मातृभाषा शिक्षाका लागि अभिमुखीकरण कार्यक्रम भने गरेको बताएका छन्  ।

नेपालको संविधानको धारा २८७ अनुसार भाषा आयोग गठन भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ भाषाहरु बोलिन्छन् ।


प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?