Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

प्रचण्डलाई नोबेल शान्ति पुरस्कार दिन सांसद मोदीको माग


काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई नोबेल शान्ति पुरस्कार दिन माग गरेका छन्  ।

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद मोदीले अध्यक्ष दाहालले शान्तिको लागि अथक प्रयास गरेको भन्दै नोबेल शान्ति पुरस्कार दिन माग गर्दै उनले  प्रचण्डले समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लडेको भन्दै पाएका सबै परिवर्तनहरुको जनकको रुपमा प्रचण्डलाई लिनुपर्ने बताएका छन्  । उनले ०४८ सालदेखिका सबै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई आग्रह पनि गरेका छन्  ।

उनले भने ,’जनयुद्ध लडेका पार्टीका कमाण्डर प्रचण्ड, जनताको लोकतन्त्रको पक्षमा, नागरिकको पक्षमा, समावेशि, समानुपातिक, गणतन्त्रको पक्षमा लड्नुभयो तसर्थ त्यतिखेर एउटा आन्दोलनको नेतृत्व भएको कारणले रामजस्तै यि सबैको जनक भनिनु पर्छ । शान्तिको लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रश्ताव गर्नुपर्छ । र नोबेल पुरस्कार पनि दिनुपर्छ भन्ने माग राख्न चाहन्छु ।’

मोदीले जनयुद्धलाई हिंसा भन्नेभए नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले कीर्तिपुर कब्जा गर्दा भएको हत्यालाई के भन्ने भनेर प्रश्न गर्नुभयो ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?