Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी शुरु भयोः परराष्ट्रमन्त्री देउवा


काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी शुरु गरेका छन् ।

हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताएकी छिन् ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिएकी छिन् । परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पुर्याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन्।

उनले भनिन्, ‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणालाई पनि औंपचारिक रुपमा हस्तान्तरण गरेँ । र, त्यसको उहाँले सहर्ष स्विकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाईम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो ।’

परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताएकी छिन्।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?