Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

भारतका प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी शुरु भयोः परराष्ट्रमन्त्री देउवा


काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको तयारी शुरु गरेका छन् ।

हालै भारत भ्रमण सम्पन्न गरेर फिर्ता भएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र भारतीय प्रधानमन्त्री मोदीलाई दिएको र उनले त्यसको तयारीका लागि सम्बन्धित निकायलाई तत्कालै निर्देशन दिएको बताएकी छिन् ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले प्रधानमन्त्री ओलीले नेपालको राजकीय भ्रमणका लागि पठाएको नियन्त्रणालाई भारतीय समकक्षी मोदीले सहर्ष स्वीकार गर्दै समय तालिकासहितको तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी दिएकी छिन् । परराष्ट्रमन्त्री देउवाले आफूले भारतीय प्रधानमन्त्री मोदीसँगको शिष्टाचार भेटमा दुई मुलुकबीचको आपसी सम्बन्धलाई अझै उचाईमा पुर्याउने विषयमा जोड दिएको पनि स्पष्ट पारिन्।

उनले भनिन्, ‘भारत भ्रमणको क्रममा मैले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको तर्फबाट भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूलाई व्यक्त गर्नु भएको न्यानो अभिवादन शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि उहाँले दिनु भएको नियन्त्रणालाई पनि औंपचारिक रुपमा हस्तान्तरण गरेँ । र, त्यसको उहाँले सहर्ष स्विकार गरेर आफ्नो टीमलाई भ्रमणको एउटा टाईम बनाउनु भनेर त्यही बेलामा आदेश पनि गर्नु भएको थियो ।’

परराष्ट्रमन्त्री देउवाले आफूले भारत भ्रमणको क्रममा त्यहाँका समकक्षी एक जयशंकरसँग दुई मुलुकबीचमा विगतमा भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरेको पनि बताएकी छिन्।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?