Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

महिला सशक्तिकरणमा सरकारले जोड दिएको छः मन्त्री सुडी


काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताएका छन्  ।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उनले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्याउने  भन्ने रहेको बताएका छन्  ।

२१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेखगर्दै उनले २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको बताएका छन्  ।

उनले भने , ‘महिला सशक्तिकरणमा जोड छ । हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पु¥याउने ? भन्ने नै हो । यो २१ औं शताब्दी महिलाको शताब्दी हो । पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन ।’ 

राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताउदै उनले  पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरुको प्रमुख दायित्व रहेको बताएका छन्  ।उनले महिलालाई पछि पारेर पुरुष अघि बढ्न नसक्ने पनि बताएका छन्  ।


प्रकाशित मिति: १८ भाद्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?