Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२१ पुष २०८२, सोमबार
२१ पुष २०८२, सोमबार

सार्कलाई क्रियाशील बनाउन पहल गर्नेछुः पाकिस्तानका लागि प्रश्तावित राजदुत धिताल


काठमाडाैं । पाकिस्तानका लागि प्रस्तावित राजदुत रिता धितालले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलन आयोजनाका लागि आफूले काम गर्ने बताएकी छिन् ।

सन् २०१६ देखि नेपाल अध्यक्ष राष्ट्र रहेको सो सम्मेलन स्थगित हुँदै आएको र त्यसलाई सुचारु गराउने नेपाल सरकारका धारणा अनुसार आफूले त्यसमा पहलकदमी लिने उनको योजना छ । सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत धितालले सार्कलाई क्रियाशील बनाउने बारेमा सरकार प्रष्ट भएकाले उल्लेख गर्दै आफूले सोही अनुसार काम गर्ने बताएकी छिन । उनले सार्कको क्षेत्रीय राष्ट्रहरुबीचको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्व रहेको कुरालाई सम्बन्धित राष्ट्रहरुले स्विकार गरेकाले यसलाई चलायमान बनाएर लैजान जोड दिनुपर्ने बताएकी छिन्  ।

उनले भनिन् , ‘सार्क सम्मेलनका लागि नेपालको धारणा सार्क सम्मेलन २०१६ देखि स्थगन भएको छ । र नेपाल सरकारको यसमा धारणा भनेको सार्कलाई चलायमान बनाउने नै हो । र राजदुतको रुपमा मेरो पनि पहल त्यही नै रहनेछ । सार्कका धेरै संस्थाहरु सृजना भएका छन । यसमा गर्न सकिने सहयोगका क्षेत्रहरु आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक क्षेत्रमा हामीले सहयोग अघि बढाउन सक्ने प्रशस्त सम्भावना देखेर नै यो संस्था बनाइएको हो । त्यसैले यो संस्थालाई क्रियाशील बनाउनेमा नेपाल सरकारको धारणा अनुरुप नै मेरो पनि पहल हुनेनैछ । सार्कप्रति नेपालले राखेको महत्व र अहिलेका अध्यक्षको रुपमा नेपालले गर्दै आएको भुमिकालाई फेरि पनि दोहो¥याउँदै हरेक दुई पक्षीय भ्रमणमा सार्क बैठकलाई सुचारु गराउने विषय हाम्रो तहको नेतृत्वमा उठने गरेको छ । कोभिड कालमा क्षेत्रीय सहयोगको कति जरुरी थियो भन्नेकुरा थाहा भएकै विषय हो । त्यसैले सार्कलाई अघि बढाउनेमा नेपाल सरकारको प्रष्ट धारणा छ । र नेपाल सरकारको धारणा अनुरुप नै त्यसलाई पहल गर्नेछौं ।’

प्रश्तावित राजदुत धितालले नेपालको क्रिकेट खेलको विकासमा पाकिस्तानको सहयोगका लागि पनि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्   ।


प्रकाशित मिति: १७ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?