Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र


काठमाडौं । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ ।

बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७ देखि १० तारिखसम्म) दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तिब्र पारिएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तान लगायतका मुलुकले सहभागीता जनाउनेछन् ।

उक्त प्रतियोगिता नेपालको बसेबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचत गराउन कोशेढुङ्गा सावित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनौट भएका खेलाडीलाई क्लोज क्यापमा राखि डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताउनु भयो । उहाँले दुबईमा हुने प्रतियोगिता लगत्तै वेस्ट एशिया बेसबल कप पनि ओयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताउनु भयो ।

यता नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखि क्लोज क्यापमार्फत प्रशिक्षणलाई तिब्रता दिइएको जानकारी दिनुभयो । उहाँले नेपालमा बसेबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्र लगायत सम्बन्धीत सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्र लगायत सबै पक्षसँग आह्वान पनि गर्नुभयो ।

वेस्ट एशिया बेसबल कपलाई पश्चिम एशियाली बेसबल खेलाडीहरुले बेसबल खेलको कुम्भ मेलाको रुपमा लिने गरेका छन् । वेस्ट एशिया बेसबल कपको विजेता र उपविजेताले एशियाली बेसबल च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् ।


प्रकाशित मिति: १६ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?