Trending
>>   ‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक >>   ‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ >>   बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण >>   मुग्लिङ-नारायणगढ सडकमा माईक्रो बस दुर्घटना >>   कालीगण्डकी करिडोरले जोड्यो लुम्बिनी र मुक्तिनाथ >>   पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार >>   भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा >>   यी दुइ प्रदेशमा हल्का बर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल मङ्सिर ०९ गते आइतबार,हेर्नुहोस आजको राशिफल >>   चलचित्र भवनमा स्वदेशी चलचित्रकै दबदबा
Logo
९ मंसिर २०८१, आईतवार
९ मंसिर २०८१, आईतवार

आहा ! त्याे तीज,ओहो याे तीज?


-खड्गबहादुर श्रेष्ठ 

(पूर्व सहायक प्रमुख जिल्ला अधिकारी,काठमाडौ तथा प्रशासन बिज्ञ,बुढानीलकण्ठ नगरपालिका, काठमाडौ )

हरितालिका तीज नेपालमा महिलाहरुले परापूर्व कालदेखी मनाउँदै आएको महान पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा-आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउँछन् । गणेश चतुर्थी र ऋषिपञ्चमीलाइ पनि तीजकै अङ्गको रूपमा लिइन्छ । परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन हुँदा पनि उनको तपस्या सफल हुननसक्दा भगवान् विष्णुको प्रार्थना गरे पछि विष्णुले भगवान् शिवलाई प्राप्त गर्नको लागी व्रत, उपासना तथा पूजा गर्ने सम्बन्धमा सल्लाह दिए अनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । उक्त दिन पार्वतीले हरिको सल्लाह अनुसार पूजा-आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी हुदा यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा)को नामले प्रचलित हुन पुग्यो । विवाह गरी पठाइएकी छोरीचेलीलाई यस पर्ब मान्न माइत ल्याउने चलन छ भने अविवाहित छोरीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन्। विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत बसि पूजा-आराधना गर्छन् ।

तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बस्नु पर्ने हुनाले अघिल्लो दिनको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तीजको दिनमा नुवार्इधु-वार्इ गरि पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्ने महिलासंग भगवान् शिव खुसी भै परिवारमा सुखसमद्दि प्रदान गर्ने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिव मन्दिर अथवा ठूलो चौरमा भेला भएर दिनभरि एनाचगान गर्ने चलन प्राचिन काल दर्खीनै चल्दै आएको हो ।यस दिन बिबाहित तथा अबिवाहित महिलाहरू गच्छे अनुसार राता लुगा र गर-गहनामा सजिएर पूजापाठ तथा नाचगानमा सरिक हुन्छन् । महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलफुल सेवन गर्छन् ।

नेपालमा तिजको प्रचलन

परम्परागत तिज

२०४५ /४६ साल तिर फर्केर हेर्ने हो भने प्राय जसोगरि गाँउ घरमा बुहारीहरुले बिबाह पश्चात पतिको घरमा बर्ष भरि घाँस दाउरा बस्तुभाउ खेतिपातिमा घामपानी झरी नभनि काममा मात्रै ब्यस्त हुनु पर्ने हुन्थ्यो ।कहिले तिज आउला भनेर कुरिबसेका चेलीहरु माइत जान पाउने मिठो खान पाउने, मन्दिरमा,चौरमा छमछम नाच्दै मनका ब्यथा सासु तथा नन्दहरुबाट दिइने प्रताडनाहरुलार्इ गितको माध्यमबाट मन हलुगों बनाउने चलन थियो ।काठमाडौमा चाहि पशुपतिनाथ मन्दिर तथा टेकु स्थीत ऋषेश्र्वर मन्दिरमा ठुलो मेला लाग्दथ्यो भने चलचित्रहलहरुमा पनि ठुलो भिड लाग्दथ्यो । हामी बाहिरबाट हेर्नेलाइ चाहि बर्ष दिनभरि कामको बोझ बाट फुत्केका महिलाहरुलार्इ उक्त २ दिनमा सकेजति रमाइलो अर्थात बर्ष दिनलार्इ पुग्ने गरि मन मस्तिष्कलाइ ताजा बनाउदै छन् भन्ने लाग्दथ्यो ।

सुधारोन्मुख तिज
बिभिन्न बिद्यार्थी संगठनमा आवद्ध महिलाहरुले कुनै निश्चित ठाँउ जहाँ महिलाहरुको भिडभाड हुन्छ त्यस्ता ठाँउमा ठुला ठुला माइक र स्पीकरको माध्यमबाट साँस्कृतिक कार्यक्रको बहानामा कलाकारहरुबाट ब्यबस्थाको बिकृति र बिसंगतिको बिरुद्धमा कार्यक्रम गरिन्थ्यो ।हामी जस्ता पुरुषहरु पनि छेउ कुनाबाट सुन्ने गर्दथेउ ।जव प्रशासनले यो कुरा थाहा पाँउथ्यो अनि प्रहरि लाठि चार्चमा उत्रने हुदाँ भाग दौड गरेर ज्यान बचाउन पट्टि लागिन्थ्यो ।

बिकृत तिजको लहर
२०४६सालको परिवर्तन हुँदै २०६३सालको परिवर्तन हुँदै हाल सम्म आइपुग्दा तिज तिज नै होइन जस्तो भैसक्यो । । भाद्र शुक्ल दितीया,तृतीया,चतुर्थी तथा पञ्चमीको दिनसम्म हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधनागरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउने परम्परालार्इ बिषेश गरी सहर तथा सहरोन्मुख बस्तिमा क्षतबिक्षत नै बनाउदै लगेको पाइन्छ। महिनौं अघि देखि ठुला ठुला पार्टि प्यालेसहरुमा सुनका महंगा गरगहना प्रदर्शन गर्दै हेर्नै नहुने नृत्यहरु प्रस्तुत गर्ने तिजमा हिजोआज पुरुषहरुको पनि ब्यापक सहभागिता पाइन्छ । यस्तो कार्यमा संलग्न हुनेमा बिभिन्न संगठनमा आबद्ध महिलाहरु तथा कर्मचारी महिलाहरु समेत पाइन्छ ।

कार्यक्रमको लागि खर्च
कसैले ब्यक्तिगतरुपमा सबै संग केहि रकम उठाउदै कार्यक्रम गरेको पाइन्छ भने विभीन्न संस्था तथा सहकारीहरुले सहकारीकै रकम खर्च गर्छन ।धेरै जसो स्थानिय निकायमा प्रत्यक वडामा २ देखि ५ लाख बजेट बिनियोजन गरेर महिलाहरुलार्इ तिजको निम्तो सार्वजनिक रुपमै राखेको पाइन्छ भने कतिपयले त महिलाहरुलार्इ सारी चोलो समेत बितरण गरेको आँखालेनै देख्दै आएको छ ।

बिकृत कार्यक्रमका बिरुद्ध बिरोधहरु
सामाजिक सञ्जालमा खानपाउने र नपाउनेहरुको बिचमा दोहोरीनै चलेको देखिन्छ ।सरकारी सम्पतिको दुरुपयोग गरेर दर खानेहरुले दर खाएका होइनन्।जनताको रगत खाका हुन् दर होइन काट्टो खाका हुन भन्दै सामाजिक संजालमा पोष्ट गरेको पाइन्छ ।यसरी सरकारी रकम दुरुपयोगीहरु भ्रष्टचारी हुन, कार्वाही गर्नु पर्छ ।हालै मात्र काठमाडौको एउटा नगरपालिका जहा बर्षेनि तिजमा मात्र ५० लाख जति राज्यको ढुकुटी खर्च हुदै आइरहेको छ।सोझै तिज कार्यक्रम उल्लेख नगरी एउटा बिषेश दिवसको कार्यक्रम गर्ने बहानामा तिजको निम्तो सामाजिक संजालमा पोष्ट भएपछि पत्रकार सूचना माग्न जाँदा ठुलो हंगामा भएको समाचार आयो ।

प्रशासन के गर्छ ?
बिगतका बर्षहरु देखिनै जिल्ला प्रशासन कार्यालयहरुबाट तिज सुरु हुन लागे पछि तिजपर्वलाइ मर्यादित पर्व बनाऔं तडक भडक नगर्नू भनेर सार्वजनिक सूचना प्रकाशन गर्दै आइरहेको छ ।

प्रभाव
सामान्य सुचनाले पनि केहि असर चाँहि गरेको पाइएको छ ।तर कहाँ कस्ले कस्तो प्रकारका तीज लगायत पर्व मनाइरहेको छ भनेर अनुगमन गरेर कार्बाही गर्ने अबस्था देखिएको छैन भने जनता पनि कतै उजुरी बाजुरी गर्ने होइन आफुले खान नपाएर सामाजिक संजालबाट आक्रोस पोखेको जस्तो मात्र देखिएको छ ।

बिकृतिको अन्त्यको लागि नागरिक समाजको भूमिका
संस्कृति बिगार्ने खालको नाचगानको बिरोध गर्ने र त्यस्ता कार्यमा सहभागि नहुने ।
राष्ट्रको सम्पत्ति दुरुपयोग भएको पाइएमा प्रमाणसहित कार्वाहीको लागी उजुरी गर्ने ।
परापूर्वक काल देखि चल्दै आएको मौलिक संस्कृतिलार्इ बचाउने र नयाँ पुस्तालाइ चिनाउने ।

सारांश
मैले माथी उल्लेखित कुराहरु कसै प्रति आग्रह र दुराग्रह राखेर तयार गरेको होइन । म जिल्ला प्रशासन कार्यालयमा सेवामा रहदा पनि मैले सके सम्म यस्ता बिकृतिलार्इ रोक्न र नियन्त्रणको लागि प्रशासनिक तथा ब्यक्तिगत रुपमै पनि निरन्तर प्रयास गरेकै थिए र यो निरन्तरै छ ।फलस्वरुप केहि परिवर्तनको महसुस भएको छ । तर पनि केही अटेरी र सार्वजनिक सम्पतिलाइ आफु पदमा छँदा आफ्नै सम्पत्ति त हो कुकुर भुकिरहन्छ हात्ति लम्किरह्न्छ भने जसरी आफ्नो आसेपासे र कार्यकर्ताहरुलार्इ मौकामा दुइ दिन भए पनि मिठो खान दिने रमाइलो गर्ने र आउने चुनाबमा भोट पाउने सपनामा रमिरहेको पाइन्छ । जस्ले बिरोध गरोस के मतलव?यो देशकै कैयौं जनता एक छाक पेटभरी खान पाएका छैनन् तिनलाइ शहरी तीजको के मतलव ?

 

तसर्थ हामीले यसरी फजुल खर्च गर्नु भन्दा ति भोका नागांहरुको बारेमा सोच राख्दै आफ्नो मौलिक चाड पर्वलाइ बिकृत नबनाइ भावी पुस्तालाइ सुम्पनु आजको सभ्य समाजको कर्तब्य हो ।अन्तमा यस्पालीको हरितालिका तीज पर्वको उपलक्षमा सम्पूर्ण दिदी,बहिनी तथा आमाहरुमा शुभकामना ब्यक्त गर्दछु ।

 

तडकभडक गरे कारवाही गर्ने प्रशासनको चेतावनी तर, कुपन बाँढेर तीज मनाँउदै राजधानीका नगर !

 

 


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?