Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो


सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ ।

अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत र उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रबाट झन्डै १८ हजार मानिसलाई विस्थापित गरिएको छ भने ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बुधवार देवभूमि द्वारका, जामनगर, राजकोट र पोरबन्दर जस्ता सौराष्ट्र क्षेत्रहरूमा १२ घण्टामा ५० देखि २०० मिलिमिटरसम्म वर्षा भएको थियो । यस अवधिमा देवभूमि द्वारकाको भानवड तालुकमा १८५ मिलिमिटर वर्षा भएको छ, जुन राज्यकै सबैभन्दा बढी हो ।

वर्षाले राज्यमा सवारी साधनको आवागमन, रेल सेवा र उडान सञ्चालन पनि अवरुद्ध भएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?