Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारतको गुजरातमा बाढीका कारण मृत्यु हुनेको संख्या ३५ पुग्यो


सिन्ह्वा। पश्चिमी भारतको गुजरात राज्यमा वर्षासँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या ३५ पुगेको स्थानीय सञ्चारमाध्यमले बिहीवार जनाएको छ । लगातार चौथो दिन पनि राज्यका विभिन्न स्थानमा भारी वर्षा जारी छ ।

अविरल वर्षाका बीच राजकोट अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पर्खाल बिहीवार बिहान भत्किएको छ । अधिकारीहरुका अनुसार राज्यका प्रभावित जिल्लाहरुमा राहत र उद्धार कार्य जारी रहेको छ । बाढी प्रभावित क्षेत्रबाट झन्डै १८ हजार मानिसलाई विस्थापित गरिएको छ भने ४० हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ ।

बुधवार देवभूमि द्वारका, जामनगर, राजकोट र पोरबन्दर जस्ता सौराष्ट्र क्षेत्रहरूमा १२ घण्टामा ५० देखि २०० मिलिमिटरसम्म वर्षा भएको थियो । यस अवधिमा देवभूमि द्वारकाको भानवड तालुकमा १८५ मिलिमिटर वर्षा भएको छ, जुन राज्यकै सबैभन्दा बढी हो ।

वर्षाले राज्यमा सवारी साधनको आवागमन, रेल सेवा र उडान सञ्चालन पनि अवरुद्ध भएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?