Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या


सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान गर्दा मारिए ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले शिन बेटको निर्देशनमा र गोलीबारी पछि विशेष पुलिस इकाईका सदस्यहरूले अबु शुजासहित पाँच आतङ्ककारीहरूलाई मारेका बताउनु भयो । प्रहरी युनिटका एक सदस्यलाई सामान्य चोट लागेको र उपचारका लागि इजरायलको अस्पतालमा लगिएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?