Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

इजरायली सेनाद्वारा तुल्कारममा पिआइजे कमाण्डरसहित ६ प्यालेस्टाइनीको हत्या


सिन्ह्वा। इजरायली सेनाले बिहीवार वेस्ट बैंकको तुलकर्म शरणार्थी शिविरमा गोली हानाहानमा एक कमाण्डरसहित ६ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् ।

प्यालेस्टिनी इस्लामिक जिहादको सशस्त्र विंग अल–कुड्स ब्रिगेडका कमाण्डर अबु शुजा भनेर चिनिने मोहम्मद जाबेर अन्य प्यालेस्टाइनी लडाकुहरूसँग आफू रहेको भवनलाई घेरा हाल्ने इजरायली सेनासँग गोली हानाहान गर्दा मारिए ।

इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले शिन बेटको निर्देशनमा र गोलीबारी पछि विशेष पुलिस इकाईका सदस्यहरूले अबु शुजासहित पाँच आतङ्ककारीहरूलाई मारेका बताउनु भयो । प्रहरी युनिटका एक सदस्यलाई सामान्य चोट लागेको र उपचारका लागि इजरायलको अस्पतालमा लगिएको छ ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?