Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बीपीसीको विद्युत् महसुल निर्धारण प्रस्तावमा जनप्रतिनिधिको असन्तुष्टि


११ चैत्र, काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले विद्युत् नियमन आयोगसमक्ष विद्युत् महसुल निर्धारणका लागि पेस गरेको प्रस्तावमाथि जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।

विद्युत् नियमन आयोगद्वारा आज आयोजित विद्युत् खरिद बिक्री निर्धारणसम्बन्धी सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिले विद्युत् महसुल वृद्धि गर्न आवश्यक नरहेको भन्दै असन्तुष्टि जनाए ।

कार्यक्रममा, गल्याङ नगरपालिकाका नगरप्रमुख गुरुप्रसाद भट्टराईले महसुल वृद्धि गर्न उपयुक्त समय नरहेको बताए । उनले भने, ‘उत्पादन भएको विद्युत्को सुविधा स्थानीयले पाउनुपर्छ । आयोगले स्थानीय सुनुवाइबिना निर्णय गर्नु उचित हुँदैन ।’ उनले स्थानीय तहमै गएर सार्वजनिक सुनुवाइ गर्नु माग गरे ।

कार्यक्रममा, कम्पनीका कार्यकारी निर्देशक उत्तमकुमार श्रेष्ठले सुरक्षित, गुणस्तरीय विद्युत् वितरणका लागि ठूलो लगानी आवश्यक रहेको र हालको आम्दानीबाट सो पूरा हुन नसक्ने भन्दै विद्युत महसुल दर समायोजन आवश्यक भएको बताए । आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले कम्पनी र स्थानीयको रायअनुरुप नै विद्युत् महसुल निर्धारण हुने बताए ।

उक्त ठाँउमा ग्राहक सङ्ख्या वार्षिक दुई दशमलव पाँच प्रतिशत वृद्धि हुँदै गइरहेको र वितरणमा छरिएर रहेका बस्तीका कारणले ठूलो लगानी आवश्यक भएको कम्पनीको भनाइ छ ।

आँधीखोला वितरण केन्द्रले ग्राहकलाई औसत पाँच रुपैयाँ दशमलव आठका दरले विद्युत् बिक्री गर्दै आइरहेको र यसबाट प्रतियुनिट औसत रु तीन दशमलव तीन घाटा भइरहेको कम्पनीको दाबी छ । कम्पनीले हाल प्रतियुनिट ११ रुपैयाँ कायम हुने गरी वितरण महसुल समायोजनका लागि आयोगसमक्ष प्रस्ताव पेस गरेको छ ।

आँधीखोला जलविद्युत् आयोजनाबाट नौ दशमवल चार मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?