Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२५ पुष २०८२, शुक्रबार
२५ पुष २०८२, शुक्रबार

विद्युत प्राधिकरणलाई टोकेर के गर्न खोज्नुभएको हो : देवेन्द्र पौडेल


काठमान्डौ। नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेपाल विद्युत प्राधिकरणले राम्रो काम गरेको भन्दै यसमाथि पूर्वाग्रही नहुन सरकारलाई आग्रह गरेका छन् ।

सांसद देवेन्द्र पौडेलले बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले विद्युत प्राधिकरणले लोडसेडिङको अन्त्य गर्दै दैनिक १३ करोड ११ लाख रुपैयाँको विद्युत निर्यात गर्न सफल भएको बताएका छन् । उनले प्राधिकरणले राम्रो काम गर्दागर्दै वर्तमान सरकारले निरन्तर टोकेको भन्दै के गर्न खोज्नुभएको हो ? भनि प्रश्न गरेका छन् । उनले नेपाल एयरलाइन्सको चारवटा जहाज ग्राउण्डेड भएको भन्दै त्यतातिर ध्यान दिन आग्रह गरे ।

उनले भने,‘अहिलेको डाटा हेर्नुभयो भने विद्युत प्राधिकरणले दैनिक १३ करोड ११ लाखको विद्युत निर्यात गरेको छ । लोडसेडिङ अन्त्यको घोषणा गरेको छ । कुनै दूरदराजमा पुग्न बाँकी रहेको होला । यसैमाथि आजपनि टोकेको छ । भोलि पनि टोकेको छ । पर्सि पनि टोकेको छ । के गर्न खोज्नुभएको हो ? म भन्न चाहन्छु, ध्यान नेपाल वायुसेवा निगमतिर जाओस् । चारवटा जहाज ग्राउण्डेड भइसकेका छन् । ८ हजार ८०० यात्रुहरु अलपत्र परेका छन् । यतातिर सरकारलाई ध्यानाकर्षण गराउनु होला । दुरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभुवन विश्वविद्यालयका अस्तिका झमेलाहरु सुधार्नका निम्ति प्रधानमन्त्रीलाई सुझाव दिनुस् । एउटा संस्थाले राम्रो काम ग¥यो भने त्यसैमाथि फर्किएको छ । कुराकानी गरेको छ । के गर्न खोज्नुभएको ? केही नगरिकन बक्यौता उठाउनको निम्ति अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले दूरसञ्चार, रेडियो नेपाल, नेपाल टेलिभिजन, आयल निगम, त्रिभूवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?