Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल


काठमाडौ। नेपाललाई ४—१ को हार चखाउँदै बङ्गलादेश पहिलो पटक साफ अण्डर ट्वान्टी च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।

सातदोबाटोस्थिति एन्फा खेल मैदानमा भएको खेलमा बङ्गलादेशको जितमा मिराजुल इस्लाम नायक बने । उनले दुई गोल गर्दा तेस्रो गोलको लागि असिस्ट पनि दिए । पहिलो हाफमा नेपालले बङ्गलादेशलाई गोल गर्ने केही मौका पाएको थियो ।

खेलको नवौँ मिनेटमा निराजन धामीले करिव ३० यार्डबाट हानेको पावरफुल प्रहारलाई गोल किपर मोगम्मद आशीफले मुस्किलले बचाए । यसको चार मिनेटपछि पनि मराजनले हानेको लङ रेन्ज प्रहारमा किपर बाधक बने । २१ औं मिनेटमा नेपाल फेरि चुक्यो । निराजन धामीले दिएको उत्कृष्ट क्रसमा अविनाश श्याङतानले बलसँग कनेक्ट गर्न सकेनन् ।

बङ्गलादेशले पनि २३ औं मिनेटमा गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेन । रेब्बी होसेन राहुलको कर्नरमा मोहम्मद रोसतोम इस्लामको हेडर थोरैले आकाशियो । खेलको पहिलो हाफको इन्जुरी समयमा मिराजुल इस्लामले पेनाल्टी बक्सको एजबाट हानेको फ्रि किक प्रहार टप कर्नरमा सुन्दर गोलमा परिणत भयो ।

पहिलो हाफमा नेपाल विरूद्ध बङ्गलादेश एक शुन्यले अगाडि बढ्यो । दोस्रो हाफमा नेपाल खेलमा फर्कन सकेन । ५५ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर बनायो । असदुल इस्लाम सकिवको क्रसमा असदुलको ड्रप हेडरपछि मिराजुल इस्लामले गोल गरे। निरिह नेपाल विरूद्ध बङ्गलादेशले ७१ औं मिनेटमा तेस्रो गोल थप्यो । मिराजुल इस्लामको क्रसमा मोहम्मद राब्बी होसेनले गोल गरे । तीन शुन्यले पछि परेको नेपालले ८० औं मिनेटमा एक गोल फर्कायो । राम थापाको पासमा समिर तामाङले हेडर गोल गरे ।

निर्धारित ९० मिनेट ३—१ को नतिजामा सकियो । दश मिनेट थपिएको समयमा बङ्गलादेशले अर्को गोल थप्यो । मोहम्मद राब्बीकोको पासमा मोहम्मद पियास अहमदले गोल गरे । योसँगै बङ्गलादेशले सानदार शैलीमा नेपाललाई ४—१ ले हराउँदै उपाधि उचाल्यो । अपराजित रहँदै फाइनलमा पुगेको नेपालले आज निकै कमजोर प्रदर्शन गर्यो ।

दुई पटकको विजेता नेपाल तेस्रो पटक फाइनलमा पुगेको थियो । तर नेपालको उपाधिमा ह्याट्रिक गर्ने योजना पूरा हुन सकेन । नेपालले सन् २०१५ र २०१७ मा उपाधि जितेको थियो । यसअघि तीन पटक उपविजेता बनेको बङ्गलादेशले पहिलो पटक उपाधि जितेको हो ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?