Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने


काठमाडौँ । पेरिस पारालिम्पिक्समा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने भएकी छन् ।

आज सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना पलेसाले गर्नुपर्नेछ ।

यो स्पर्धामा कुल ११ खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । पलेसाको यो दोस्रो पारालिम्पिक्स हो । यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्डमार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिईन् । काँस्य भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन् ।

यसको चार वर्षपछि पलेसा छनौट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल रहिन् । गत चैतमा पारालिम्पिक्सको एशियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनौट भएकी हुन् । उनी पारालिम्पिक्समा छनौट हुने पहिलो नेपाली खेलाडी पनि समेत बनेकी छिन् । उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् । पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए ।

वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनौट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । यो स्पर्धाम १२ खेलाडी रहेका छन् ।

यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?