Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्ससँग प्रतिष्पर्धा गर्ने


काठमाडौँ । पेरिस पारालिम्पिक्समा छनौट भएकी कीर्तिमानी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पहिलो चरणमा भेनेजुएलाकी भलेरिया मोराल्ससँग अगस्ट ३० मा प्रतिष्पर्धा गर्ने भएकी छन् ।

आज सम्पन्न ड्रअनुसार पलेसाले भलेरियालाई प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी हुन् । उनले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहमा प्रतिष्पर्धा गर्नेछिन् । पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना पलेसाले गर्नुपर्नेछ ।

यो स्पर्धामा कुल ११ खेलाडीबीच प्रतिष्पर्धा हुनेछ । पलेसाको यो दोस्रो पारालिम्पिक्स हो । यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्डमार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिईन् । काँस्य भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन् ।

यसको चार वर्षपछि पलेसा छनौट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल रहिन् । गत चैतमा पारालिम्पिक्सको एशियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा छनौट भएकी हुन् । उनी पारालिम्पिक्समा छनौट हुने पहिलो नेपाली खेलाडी पनि समेत बनेकी छिन् । उनी एक महिनाको विशेष प्रशिक्षणपछि पेरिस पुगेकी हुन् । पलेसा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिएका थिए ।

वाइल्ड कार्डमार्फत पेरिस पारालिम्पिक्समा छनौट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समुहमा प्रतिष्पर्धा गर्नेछन् । ड्रअनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । यो स्पर्धाम १२ खेलाडी रहेका छन् ।

यस्तै पौडीका भीमबहादुर कुमालले एस –९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिष्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?