Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतले नाकाबन्दी लगाउनुको कारण भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता होः कमल थापा


काठमाडाै । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताउनुभएको ।सोमवार आफुद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताउनुभएको हो । उहाँले दुई देशबीचको सम्बन्धलाई उचाईमा पु¥याउनका लागि भुराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताउनु भयो ।

उहाँले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु पनि रहेको उल्लेख गर्दै तत्कालिक कारणहरु भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताउनु भयो । उहाँले अहिले काँग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामीले पटक–पटक भोग्नुपरेका नाकाबन्दीका तत्कालिक कारणहरु विभिन्न हुन्छन् । तर मेरो निष्कर्ष छ कि तत्कालिक कारणहरुको बाबजुत पटक–पटक नेपालले नाकाबन्दी भोग्नुपर्ने मुख्य कारण भनेको भुराजनीति र सुरक्षा र सामरिक विषयमा नेपाल र भारतका बिचमा रहेको अवधारणागत भिन्नता नै हो । तसर्थ हामी नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने क्रममा भूराजनीति र दुई देशका विचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजाने र त्यसलाई समाधान गर्नेगरी सम्बोधन गर्नु नितान्त जरुरी छ । अहिले नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार बनेको छ । संख्यात्मक दृष्टिकोणबाट यो सरकार बलियो छ । यसले राजनीतिक स्थायित्व दिने सम्भावना छ । यो उपयुक्त अवसर हो । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पु¥याउनको निमित्त । भूराजनीति र अवधारणागत भिन्नताले सिर्जना गरेका चुनौती र जटिलतालाई गम्भिरताका साथ सम्बोधन गर्ने प्रयास गर्नका निम्ति म प्रधानमन्त्रीमा आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताउनु भयो । उहाँले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?