Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

वर्तमान सरकारले फलानो अपराधी नसमाउ भनेर आदेश दिँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार मुलकमा सही कुरालाई अघि बढाउने संकल्पका साथ बनेको बताएका छन।

अहिलेको सरकार बनेको एउटा सरकारको ठाउँमा अर्को सरकारको रुपमा नआई एउटा प्रवृत्तिको ठाउँमा अर्को नयाँ प्रवृत्ति, अस्थिरताको ठाउँमा स्थिरता, विभिन्न खालका बेठिक प्रवृत्तिको ठाउँमा ठिक प्रवृत्ति र ठिक प्रवृत्तिलाई अगाडि बढाउने संकल्पका साथ आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले अपराध हुनै नदिने कुरामा ध्यान दिन पनि नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । अपराध कसैले गराउन खोजेको छ भने त्यसलाई पहिले नै पत्ता लगाउने र नियन्त्रण गर्नेगरी नेपाल प्रहरीलाई काम गर्न सचेत गराउँदै प्रधानमन्त्री ओलीले त्यस काममा सरकारले कुनैपनि खालको हस्तक्षेप नगर्ने बताए ।

प्रधानमन्त्री ओलीले अपराध गर्नेहरुलाई पहिलेनै सचेत बनाउने गरी अभियान चलाउन सकिए समाजमा अपराधिक घटना हुन नपाउने उल्लेख गर्दै त्यस अभियानमा प्रहरीले चनाखो भएर अघि बढ्नुपर्ने बताएका छन्

प्रधानमन्त्री ओलीले संविधान र कानूनले मार्ग निर्देश गरे अनुसार चल्न पनि प्रहरीहरुलाई आग्रह गरे । वर्तमान सरकारले फलानोलाई फसाउ भन्ने आदेश प्रहरीलाई नदिने भन्दै प्रधानमन्त्री ओलीले ढुक्कका साथ आफ्नो कामालई अघि बढाउन पनि प्रहरीको ध्यानाकर्षण गराएका छन् । राज्यको शक्ति दूरुपयोग गरेर निर्दोषलाई दोषी करार गर्ने काम भनेको अपराधिक क्रियाकलाप भएकाले राज्यको तर्फबाट निर्दोषलाई दोषी करार गर्ने काम हुनै नसक्ने प्रधानमन्त्री ओलीले बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रशंशनीय काम गरेको उल्लेख गर्दै उनीहरुलाई प्रोत्साहित गर्न सरकार तयार रहेको बताएका छन् ।


प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?