Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

प्रधानमन्त्री ओलीको आग्रहः सरकारप्रति आश गर्नुस्, भर पनि पर्नुस्


काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति आशावादी बन्न आग्रह गरेका छन् ।

शनिवार काठमाठौंमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताएका छन् । वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गदै उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए । आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाई थियो ।

उनले भने , ‘स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूल वातावरण बनाउँछ । नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्नेछ । म भन्न चाहन्छु–अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् । यसमा फरक पर्दैन । भर पर्नुपर्छ यो सरकारसँग । किनभने यो केही काम गर्नका लागि बनेको छ । म यो उमेर घस्रनुपर्ने केही आवश्यकता थिएन । तर देशमा परिवर्तन ल्याई छोड्ने त्यस उद्देश्यका लागि म भन्दैछु ।’

प्रधानमन्त्री ओलीले स्वदेश फर्कन चाहने युवाहरुका लागि सरकारले स्वदेशमा रहनका लागि आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?