Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

झापाको बुद्धशान्ति गाउँपालिकाले जडान गर्यो इन्सिनरेटर, फोहोरमैला व्यवस्थापनमा अग्रणी पालिका बन्दै


काठमाडौँ । झापाको बुद्धशान्ति गाउँपालिकाले फोहोरमैलाको व्यवस्थापका लागि इन्सिनरेटरको व्यवस्था गरेपछि फोहोरमैला व्यवस्थापनमा झापाका पालिकाहरूमध्ये अग्रणी बन्ने भएको छ ।

बुद्धशान्ति १ निवासी सुजित बरालको पाँच कठ्ठा जमिन २० वर्षका लागि लिजमा लिएर फोहोरमैलाका लागि गाउँपालिका कार्यालयले व्यवस्था गरेको हो । राष्ट्रिय योजना आयोगबाट गत वर्ष ९० लाख रुपैयाँ विनियोजन भएर अहिलेका संरचना तयार भएको हो । यस वर्ष पनि आयोगबाट ७५ लाख रुपैयाँ विनियोजन भएको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले जानकारी दिएका छन् । पालिका क्षेत्रमा जनघनत्व बढ्दै गएको अवस्थामा भावी दिनमा फोहोरमैला व्यवस्थापनमा इन्सिनरेटरसहित फोहोर मैला व्यवस्थापनका लागि यो काम गरिएको उनले बताएका छन् ।

उनले भने, ‘अब हामी स्रोतमै फोहोरको वर्गीकरणमा लाग्छौं । कुहिने फोहोरबाट मल उत्पादन गरेर किसानलाई उपलब्ध गराउने योजना छ । नकुहिने सिसाबिनाको फोहोर भने यही इन्सिनरेटरमा जलाउने योजना छ ।’

यस्तै किसिमको इन्सिनरेटर यसअघि नै बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालले सञ्चालनमा ल्याइसकेको छ । भारतको सोलिडटेक वेस्ट एण्ड डिस्पोजल प्रालिद्वारा निर्मित उक्त इन्सिनरेटर वातावरणमैत्री रहेको बताइन्छ । उक्त मेसिनमा फोहोर जलाउन इन्धन वा विद्युतको आवश्यकता पर्दैन । इन्सिनरेटरमा धातुजन्य र सिसा बाहेकका फोहोर जलाउन मिल्ने बताइएको छ । इन्सिनरेटरमा फोहोर राखेर आगो सल्काएमात्र पुग्ने हुँदा शुन्य लागतमा फोहोर जलाउन सकिने कम्पनीले दाबी गरेको छ ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?