Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

माल्दिभ्समाथि भारतको जित, नेपालको सेमिफाइनल प्रतिद्वन्दी भुटान


काठमाडौँ। इन्जुरी समयको अन्तिम मिनेट समालिन नसक्दा माल्दिभ्सले शुक्रवार भारतसँग हार व्यहोरेसँगै साफ यु–२० च्याम्पियनसिपमा सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लागेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा समूह ‘बी’ को भारतले माल्दिभ्समाथि १–० को संघर्षपूर्ण जित निकाल्यो । यो नतिजासँगै जारी च्याम्पियनसिपमा घरेलु टोली नेपालले सेमिफाइनलमा भुटान प्रतिद्वन्दी पायो । नेपालले समूह ‘बी’ को उपविजेता भुटानसँग खेल्ने भएको हो । समूह ‘ए’ विजेता भारतले भने बंगलादेशलाई प्रतिद्वन्दी पायो । पहिलो सेमिफाइनलमा नेपालले अगस्ट २५ मा भुटानसँग आगामी खेल्नेछ । दोस्रो सेमिफाइनल अगस्ट २६ मा भारत र बंगलादेशबीच हुनेछ ।

सेमिफाइनलमा स्थान बनाउन जित्नैपर्ने खेलमा माल्दिभ्स भारतसँग पराजित भएको हो । भारतलाई भने बराबरीको नतिजा पनि पर्याप्त थियो । इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्र्दै भारतले माल्दिभ्समाथि १–० को नतिजासँगै तीन राष्ट्र सम्मिलित समूहमा सतप्रतिशत जित निकाल्यो । भारतका माङ्लेनथाङ किपजेनले गरेको गोल नै भारतलाई जित दिलाउन पर्र्याप्त बन्यो । जितपछि भारत दुई खेलबाट ६ अंक बटुल्दै समूह विजेता बन्यो ।

समान खेलबाट एक जित निकालेको भुटान तीन अंकसहित उपविजेता माल्दिभ्स जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो । त्यसअघि १८ औं मिनेटमा भारतले अग्रता लिने अवसर सदुपयोग गर्न सकेन । कोरोउ सिंहले दिएको कट पासलाई गोल लाइननजिक अनमार्कमा मोनिरूल मोल्लाले गरेको प्रहार पोस्टको दिशा लिन सकेन । १४ औं मिनेटमा सुरजकुमार सिंहले पनि अग्रता दिलाउन सकेन । कर्नर प्रहारबाट प्राप्त बललाई उनको फ्रिहेडर दोस्रो बार हुँदै बाहिरिन पुग्यो । २२औं मिनेटमा मोनिरूलको अर्को प्रयास पनि सफल भएन ।

माल्दिभ्सका डिफेन्डरलाई बिट गर्दै कोरोउले दिएको उत्कृष्ट कट ब्याक पासमा अनमार्क मोनिरुल नजिकै दूरीबाट गोल गर्न असफल भए । त्यसपछि पनि केही अवसर सिर्जना भएपनि गोलमा परिणत भएन र पहिलो हाफ बराबरीमा नै सकियो । दोस्रो हाफको सुरुआतमै भारतले अर्को मौका सदुपयोग गर्न सकेन । माङ्लेनथाङ किपगेनले माल्दिभ्सका चार डिफेन्डरलाई पेनाल्टी बक्सभित्र छक्काउँदै दिएको बललाई अनमार्कमा केल्भिन सिंहले प्रहार गरेका थिए ।

तर, उनले प्रहार गरेको बार माथिबाट अकासियो । माल्दिभ्सले पनि ६५ औं मिनेटमा अग्रता बनाउने प्रयास सफल भएन । रसाद साननले प्रहार गरेको फ्रिकिक बारभन्दा केही माथिबाट बाहिरिन पुग्यो । निर्धारित ९० मिनेटको खेल सकिन ५ मिनेट बाँकी रहँदा माल्दिभ्सले अर्को मौका पुनः गुमायो ।

हसन मुजधानले प्रहार गरेको बल पोलमा लागेर बाहिरियो । तर इन्जुरी समय सकिन लाग्दा भारतले गोल गर्दै माल्दिभ्सको बराबरी गर्ने योजना पनि सफ हुन दिएन । माङ्लेनथाङ पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सका गोलकिपरले छोए पनि रोक्न भने सकेनन् ।


प्रकाशित मिति: ७ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?