Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

सरकारद्वारा डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार


काठमाडौं । सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताइन् । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई थियो । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उनले अपिल गरिन् ।

उनले भनिन् ,‘खासगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर यसको नीति बनाउने काम शुरु भइसकेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको क्रममा रहेको छ । डाटा सुरक्षा सम्बन्धि मापदण्ड तयार भइसकेको छ । त्यसैगरी आइटीपार्क नलेज पार्क सम्बन्धि कार्यविधिहरु बनाएर यसको काम अघि बढेको म यहाँ संक्षिप्तमा जानकारी गराउन चाहन्छु । र सँगसँगै सूचना प्रविधिको क्षेत्रमा डिजिटल फाउण्डेशनको क्रममा धेरै ठूलो उपलब्धि हासिल भएको छ । खाली प्रविधिको पहुच पुर्याउने काम भएको छ । र अहिलेको आवश्यकता भनेको सरकार निजी क्षेत्रको लगानीमार्फत यो प्रविधि अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो । यसका लागि म निजी क्षेत्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ऐन, कानून निर्माणमा सबैको सहयोगका लागि पनि म अपिल गर्न चाहन्छु ।’

सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पु¥याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गरिन ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?