Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सरकारद्वारा डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार


काठमाडौं । सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताइन् । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई थियो । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उनले अपिल गरिन् ।

उनले भनिन् ,‘खासगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर यसको नीति बनाउने काम शुरु भइसकेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको क्रममा रहेको छ । डाटा सुरक्षा सम्बन्धि मापदण्ड तयार भइसकेको छ । त्यसैगरी आइटीपार्क नलेज पार्क सम्बन्धि कार्यविधिहरु बनाएर यसको काम अघि बढेको म यहाँ संक्षिप्तमा जानकारी गराउन चाहन्छु । र सँगसँगै सूचना प्रविधिको क्षेत्रमा डिजिटल फाउण्डेशनको क्रममा धेरै ठूलो उपलब्धि हासिल भएको छ । खाली प्रविधिको पहुच पुर्याउने काम भएको छ । र अहिलेको आवश्यकता भनेको सरकार निजी क्षेत्रको लगानीमार्फत यो प्रविधि अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो । यसका लागि म निजी क्षेत्रलाई हार्दिक अनुरोध गर्न चाहन्छु । ऐन, कानून निर्माणमा सबैको सहयोगका लागि पनि म अपिल गर्न चाहन्छु ।’

सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पु¥याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गरिन ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?