Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

स्टार्टअप बिजनेसलाई अघि बढाउन सरकार तत्पर छः अर्थमन्त्री पौडेल


काठमाडौं ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप बिजनेसलाई अघि बढाउन सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा स्टार्टअप नेसन, २०३० कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले सबै सिर्जनशिल युवालाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन आग्रह गरे । उनले युवाहरुलाई देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गरेका छन्। अर्थमन्त्री पौडेलले विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति आग्रह गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व सम्हालेको छोटो समयमै जनतामा केही हुन्छ भन्ने आशा जागृत भएको जिकिर गरेका छन् । उनले अर्थतन्त्रका क्षेत्रमा रहेका समस्याहरु एक/एक गरेर केलाउँदै, समाधान गर्दै, उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा अर्थतन्त्रलाई सबल बनाउने बताएका छन् । उपप्रधानमन्त्री पौडेलले अर्थतन्त्रका केही सूचकहरु सकारात्मक बन्दै गएको पनि बताए ।

उनले भने, ‘सबै सिर्जनशिल युवा युवतीहरुलाई स्टार्टअप बिजनेसका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन र देशभित्र भविष्य खोज्न, राष्ट्र निर्माणको वाहक बनेर देशभित्रै रहेर योगदान गर्नका लागि सबैसँग आग्रह गर्न चाहन्छु । स्टार्टअप बिजनेसलाई अघि बढाउने सन्दर्भमा आवश्यक पर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउन सरकार तत्पर छ । यसका निमित्त सम्माननीय प्रधानमन्त्रीज्युले हामी मन्त्रीलाई स्पष्ट दिशा निर्देश गर्नुभएको छ । सबै युवा युवतीहरुलाई देशभित्र रहेर उत्पादन र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्नका लागि सिर्जनशिल ढंगले अघि बढ्न म आग्रह गर्न चाहन्छु । विनियोजित बजेटलाई अधिकतम मात्रामा सही सदुपयोग गर्नका निम्ति अग्रसर हुनका निम्ति पनि हार्दिकतापूर्वक अनुरोध गर्न चाहन्छु । आउने दिनमा स्टार्टअप बिजनेसले नयाँ उचाई प्राप्त गर्नेछ । यो सरकारको जिम्मेवारी सम्हालेको छोटो अवधिमा आम नागरिकहरुमा सरकारप्रतिको विश्वास, सरकारले लिएका निर्णयहरुप्रतिको विश्वास र सरकारले चाल्ने सम्भावित कदमहरुकाप्रति आम नागरिकमा विश्वास जागृत हुँदै गएको पाएको छु । अर्थतन्त्रका क्षेत्रमा जस्ता समस्याहरु छन्, ति समस्यालाई एक÷एक गरेर केलाउँदै, समाधान गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना र समग्र मागको बिस्तार, व्यापार घाटाको अन्त्य लगायतका गतिविधिद्वारा हामीले हाम्रो अर्थतन्त्रलाई सबल बनाउन सक्छौँ । केही सूचकहरु सकारात्मक पनि देखिएका छन् ।’

अर्थमन्त्री पौडेलले स्टार्टअप उद्यममा शुरुमा सफलता भन्दा असफलता बढी हुने बताए । उनले स्टार्टअपका लागि आवश्यक कानूनी, संरचनागत प्रवन्ध समन्वयात्मक रुपमा अघि बढाए सफल बनाउने बताएक छन् । उनले सिर्जनाशिल युवालाई उत्पादन, रोजगारीमा आवद्ध गर्नसके मात्रै देश समृद्ध बन्ने बताएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?