Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

काँग्रेस र एमालेबीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन : बेदुराम भुसाल


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसालले नेपाली काँग्रेस र नेकपा एमालेकाबीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय संविधान संशोधनको विषय चर्चा भइराखेको र यसको पृष्ठभूमिमा काँग्रेस र एमालेका बीचमा संविधान संशोधन गर्नेसहितको समझदारी रहेको भनिएको उल्लेख गर्दै उनले दुई दलका बीचमा हुने सहमति राष्ट्रिय सहमति हुन नसक्ने बताए ।

‘दुई दलका बीचको सहमतिलाइ र राष्ट्रिय सहमति भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । यो कदापि हुन सक्दैन्’ भुसालले दोहोर्‍याए, ‘दुई दलका बीचको सहमति राष्ट्रिय सहमति हुन सक्दैन।’ संविधान संशोधन के विषयमा गर्न खोजेको त्यो प्रष्ट नगरी संशोधनको बहस चलाउनुको पनि अर्थ नरहेको उनले बताए ।

‘संविधान संशोधन के उद्देश्यले गर्ने हो ? कस्तो संशोधन गर्ने हो ? के का निम्ति संशोधन गर्ने ? कि अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? कि समानुपातिक समावेशी सहभागितामूलक जुन लोकतान्त्रिक प्रणाली हामीले स्थापना गरेका छौँ यसलाई तोड्नका निम्ति हो ? भत्काउनका निम्ति हो ?’ उपाध्यक्ष भुसालको प्रश्न छ ।

दुई दलका बीचमा सहमति भयो भनेर संविधानका मूलभूत मर्ममाथि प्रहार गर्न नपाइने उनले बताए । यदि संविधानको मर्ममाथि प्रहार गर्न खोजिए त्यो आफूहरूलाई सैह्य नहुने उनको चेतावनी छ ।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाइ नसक्दै संशोधन गर्ने विषय आफैँमा नमिल्दो रहेको उनले बताए । राष्ट्रिय सभाल नै संविधान कार्यान्वयनका लागि कति कानुन बनाउन आवश्यक रहेको भनेर अध्ययन गरेर सरकारलाई सुझाएको स्मरण गरे ।


प्रकाशित मिति: २ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?