Trending
>>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

दाइजो मुद्दाका आरोपी डा.चौधरी जेलमुक्त


१० चैत्र, महोत्तरी । महोत्तरीको चर्चित दाइजो मुद्दाका आरोपी डाक्टर पङ्कज चौधरी जेलमुक्त भएका छन् । पत्नी नेहा चौधरीले दाइजोमा पति डा चौधरीले काठमाडौँमा घर किनिदिन भनेको भन्दै महोत्तरी जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेपछि गत पुस २२ गते महोत्तरी जिल्ला अदालतको आदेशमा डा चौधरी पुर्पक्षमा जलेश्वर कारागार गएका थिए ।

जिल्लाकै रामगोपालपुर नगरपालिका–५ घर भएका डा चौधरीलाई उच्च अदालत जनकपुरका न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलाशले बिहीबार तीन लाख धरौटी लिएर डा चौधरीलाई छाड्न आदेश दिएको थियो । डा चौधरी सोहीबमोजिमको धरौटी बुझाएर आज जेलमुक्त भएका छन् ।

जिल्लाकै औरही नगरपालिका–५ घर भएका नेहा चौधरीसँग तीन वर्षको प्रेमपश्चात् २०७८ फागुन २५ गते डा पङ्कज चौधरी र नेहा चौधरीको विवाह सामाजिक परम्परा अनुसार विवाह भएको थियो । तर विवाहको चार महिनापछि नै पति पत्नीबीच तनाव र झै–झगडा हुन थालेपछि दुवै जना एक अर्काप्रति मुद्दामा गएका थिए ।

पत्नी नेहा चौधरीले पति डा पङ्कज चौधरीले आफ्नो माइती पक्षसँग विवाहकै बेला एक करोड बढी दाइजो लिइसकेको र अहिले थप दाइजोका रुपमा काठमाडौँमा घर किनिदिन भन्दै आफूलाई घरेल हिंसा र मानसिक तथा शारीरिक यातना दिँदै आएको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

यता पति डा पङ्कज चौधरीले पत्नी नेहाको सबै आरोप निराधार रहेको र आफूलाई जानी जानी फसाउने तथा आफ्नो कैरियर खराब पार्न पत्नी नेहाले झूठा आरोप तथा मुद्दा लगाएको आरोप लगाउँदै आएका छन् ।

बुहारीले दिएको दाइजोसम्बन्धी कसुरमै डा पङ्कज चौधरीका बुवा ६० वर्षीय रामप्रवेश चौधरीलाई पनि महोत्तरी जिल्ला अदालतले गत फागुन ३० गते पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको थियो भने उनी अझै जेलमै छन् ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?