Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड


१० चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्।

विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको र अभियानका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन सरकारले गर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले क्षयरोगमुक्त अभियानका लागि आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८/७९ बाट कार्यान्वयन आइसकेकाे जानकारी दिए।

‘यस अभियानलाई आगामी वर्ष एक सय स्थानीय तह र चार वर्षभित्रमा सात सय ५३ वटै स्थानीय तहमा विस्तार गरिनेछ,’ प्रधानमन्त्रीले जारी गरेकाे सन्देशमा उल्लेख छ।

प्रधानमन्त्ती प्रचण्डले क्षयरोग अन्त्यका लागि गरिएको प्रतिबद्धता पनि पूरा गर्ने सरकार कटिबद्ध रहेको बताएका छन्।

‘क्षयरोगमुक्त नेपालको निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गरी क्षयरोगविरुद्धको अभियानलाई द्रुतगतिमा अघि बढाइनेछ,’ सन्देशमा भनिएको छ।

उनले क्षयरोगमुक्त नेपाल बनाउने अभियानमा साथ दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, दातृ निकाय र अन्य सरोकारवालाको सहयोग गर्न अपिल गरेका छन्।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?