Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

क्षयरोग अन्त्य गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड


१० चैत्र, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षयरोग अन्त्यका लागि सरकारले आवश्यक स्रोत र साधनको व्यवस्थापन गर्ने बताएका छन्।

विश्व क्षयरोग दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले क्षयरोग अन्त्य अभियान स्थानीय तहदेखि सुरु भएको र अभियानका लागि आवश्यक पर्ने स्रोत र साधनको व्यवस्थापन सरकारले गर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले क्षयरोगमुक्त अभियानका लागि आवश्यक नीति, रणनीति तथा योजना बनाई स्थानीय सरकारको नेतृत्व र स्वामित्वमा २५ वटा स्थानीय तहबाट आर्थिक वर्ष २०७८/७९ बाट कार्यान्वयन आइसकेकाे जानकारी दिए।

‘यस अभियानलाई आगामी वर्ष एक सय स्थानीय तह र चार वर्षभित्रमा सात सय ५३ वटै स्थानीय तहमा विस्तार गरिनेछ,’ प्रधानमन्त्रीले जारी गरेकाे सन्देशमा उल्लेख छ।

प्रधानमन्त्ती प्रचण्डले क्षयरोग अन्त्यका लागि गरिएको प्रतिबद्धता पनि पूरा गर्ने सरकार कटिबद्ध रहेको बताएका छन्।

‘क्षयरोगमुक्त नेपालको निर्माण गर्न सङ्घ, प्रदेश र स्थानीय तहमा उच्चस्तरीय संयन्त्रको व्यवस्था गरी आवश्यक स्रोत र साधनको परिचालन तथा बहुक्षेत्रीय साझेदारीको प्रवर्द्धन गरी क्षयरोगविरुद्धको अभियानलाई द्रुतगतिमा अघि बढाइनेछ,’ सन्देशमा भनिएको छ।

उनले क्षयरोगमुक्त नेपाल बनाउने अभियानमा साथ दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घ संस्था, दातृ निकाय र अन्य सरोकारवालाको सहयोग गर्न अपिल गरेका छन्।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?