Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारत हल्लाएकी काभ्रेपलान्चाेककी चेली प्रतिभा पराजुली अर्थात् देवी प्रतिभा !


काभ्रेपलान्चाेक । पशुपतिमा भइरहेकाे कोटीहोममा नेपालका साथै विदेशमा समेत ख्यातीप्राप्त ५ जना कथावाचकहरुले प्रवचन दिइरहेका छन् । जसमा राधिका दाशी, पं.दीनबन्धु पोखरेल र देवी प्रतिभा पनि रहेका छन् । यी मध्ये काभ्रेपलान्चाेक जिल्लामा जन्मिएर छोटो समयमै भारतका विभिन्न प्रान्तहरुमा करिब एक दशकदेखि आध्यात्मिक प्रवचन दिइरहेकी छिन् प्रतिभा पराजुली अर्थात् देवी प्रतिभाले ।

मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० ज्वानेटारमा जन्मिएकी प्रतिभा पराजुली सानैदेखि आध्यात्मिक सोचका साथ अघि बढिन् । बुवा साधुराम पराजुली र आमा इन्दिरा पराजुलीकी माइली छोरी हुन् उनी । २३ वर्षको उमेरमै उनी अहिले यति धेरै व्यस्त छिन् की उनको कथा सुन्नका लागि समय मिलाउनै कठिन छ । अहिले उनले २०२६ सम्म आफ्नो समय तालिका मिलाइसकेकी छिन् । सामाजिक संजाल फेसबुक र युट्युवमा उनलाई पछ्याउनेहरु लाखौं छन् । भारतका हजारौं प्रवचकहरुमध्ये उनी उत्कृष्ट तीन बाचिकाहरुमा पर्छिन् ।


प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?