Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक, अहिलेसम्म को अगाडी ?


१० चैत्र, काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक भइसकेको छ ।

देशभर ६२ आङ्गिक क्याम्पसमध्ये ४४ वटाको नतिजा सार्वजनिक भएको हो । अझै १३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन बाँकी रहेको छ । त्रिविबाट प्राप्त विवरण अनुसार अनेरास्ववियु १९, नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले १८, अखिल (क्रान्तिकारी) चार, समाजवादी विद्यार्थी युनियन दुई र विद्यार्थी जनमत सङ्घले एक क्याम्पसमा विजयी प्राप्त गरेका छन् ।अन्य क्याम्पसको विवरण प्राप्त भइरहेको त्रिविले जनाएको छ ।

त्रिविले पुनः निर्वाचन गर्न निर्देशन दिएपछि केही क्याम्पसमा चुनावी प्रक्रिया सुरु भएको छ । चैत १२ गते पोखरा वन क्याम्पस, चैत १७ गते आयुर्वेद क्याम्पसका र कृषि क्याम्पस चितवन र चैत १८ गते धवलागिरि बहुमुखी क्याम्पस बागलुङले निर्वाचन गर्ने गरी निर्वाचन प्रक्रिया सुरु गरेका हुन् ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?