Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

दुई ठुला दल एकै ठाउँमा उभिएकाले गल्ती गर्ने छुट छैनः शेखर कोइराला


काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएकाले उनिहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने उनले बताए । अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।

देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको बताउँदै कोइरालाले भने- “अब पनि दुई ठुला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।”
आफ्नो पार्टी सरकारमा छ त्यसैले उनिहरुले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो ।

यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र बिरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे । उनले भने- “जनभावना बिरोधि काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ ।”

वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस नेता कोइराला वीपी कोइरालाको सिद्धान्त अनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको बताए ।

“हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पुर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं तर स्वार्थमा परेर आफू-आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?” – कोइरालाले प्रश्न गरे ।


प्रकाशित मिति: ६ श्रावण २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?