Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान


काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ । विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।

‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ ।


प्रकाशित मिति: १ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?