Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग


९ चैत्र ,काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् ।नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरूपमा र अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

“हालै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएका अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ”, तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले नजिक पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ।

त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सचिव सिद्धान्त भट्टले फरक जिल्लामा परीक्षा केन्द्र नराख्न र पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्ने विषयमा परीक्षा नियन्त्रकसँग अनुरोध गरिएको बताएका हुन्‌ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?