Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

राष्ट्रिय सभाका अध्यक्षले लिए संघीय संसद भवन निर्माणकाे प्रगतिबारे जानकारी


काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले भवन निर्माणको अवस्था र इन्टेरियर डिजाइनका बारेमा जानकारी गराएको छ।

सो अवसरमा अध्यक्षज्यूले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुहुँदै आन्तरिक प्राविधिक पक्षमा पनि चासो व्यक्त गर्नुभएको थियो। संसदको नयाँ भवन अत्याधुनिक र सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष दाहालले निर्माणका क्रममा संघीय संसद सचिवालयसँग आवश्यक समन्वय गर्न पनि आग्रह गर्नुभयो।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?