Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

राष्ट्रिय सभाका अध्यक्षले लिए संघीय संसद भवन निर्माणकाे प्रगतिबारे जानकारी


काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन संघीय संसद भवनको निर्माण प्रगतिबारे जानकारी लिनुभएको छ। सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा सहरी विकास मन्त्रालय अन्तर्गत संघीय संसद भवन निर्माण परियोजनाका आयोजना निर्देशक मचाकाजी महर्जनसहितको टोलीले भवन निर्माणको अवस्था र इन्टेरियर डिजाइनका बारेमा जानकारी गराएको छ।

सो अवसरमा अध्यक्षज्यूले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुहुँदै आन्तरिक प्राविधिक पक्षमा पनि चासो व्यक्त गर्नुभएको थियो। संसदको नयाँ भवन अत्याधुनिक र सूचना प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुहुँदै अध्यक्ष दाहालले निर्माणका क्रममा संघीय संसद सचिवालयसँग आवश्यक समन्वय गर्न पनि आग्रह गर्नुभयो।


प्रकाशित मिति: २८ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?