काठमाडौँ । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ ।
बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर एक्लै बस्दै आएकी ५५ वर्षीय खिलकुमारी शर्माको मृत्यु भएको हो । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
प्रकाशित मिति: २७ असार २०८१, बिहीबार