Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

आज मिति २०८१ असार २७ गते विहिबार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल असार २७ गते विहिबार (11 July, 2024) आषाढ शुक्लपक्ष पञ्चमी ०८:३६ बजेसम्म त्यसपछी षष्ठी

मेष – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन् ।

वृष – लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ ।

मिथुन – समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । विशेष गरी चेलीले माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला, मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न ।

कर्कट – यात्राका क्रममा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । औषधीजन्य व्यापारमा लगानी गर्नेहरुले मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइ विभिन्न कारणले बिग्रन सक्छ ध्यान दिनुहोला ।

सिंह – व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेको छ ।

कन्या – पढाइ लेखाइमा भनजस्तो प्रगती नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा एक अर्कालाई अविस्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेको छ ।

तुला – समयमा काम गर्न सकिने तथा जनताको काम समयमा सम्पन्न हुने हुँदा सामाजिक पद प्रतिष्ठा पाइने योग रहेको छ । अध्ययन अध्यापनमा समय दिए अनुसार राम्रो नतिजाको अपेक्षा गर्न सकिनेछ ।

वृश्चिक – नोकरीमा सम्मान तथा राजनीतिमा लाग्नेहरुले विशेष पद पाउने समय रहेको छ । छोटो तथा अर्थपूर्ण उपलब्धिमुलक यात्रा तय गर्न सकिनेछ भने गन्तव्य पहिल्याउँदै अगाडी बढ्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले साहसिलो काम गर्न जोस जाँगर बढेर आउनेछ ।

धनु – समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यवसायबाट भनेजस्तो आम्दानी नहुने हुँदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाझिनेछ ।

मकर – व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ती जोड्न सकिनेछ । विलासी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरुको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

कुम्भ – अस्वभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिकक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्ला ।

मीन – रुपैयाँ पैसा कमाउने काममा सहभागी हुन सकिनेछ । व्यवसायमा प्रशस्त आम्दानी हुने तथा आम्दानीका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पत्ति हात लाग्ने योग रहेको छ । दाजुभाइबाट भने जस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ ।

 


प्रकाशित मिति: २७ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?