Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विराटनगरमा ग्याङफाइट: एक युवकको हत्या, २ घाइते


विराटनगर । विराटनगरमा गएराति भएको ग्याङ फाइटमा मोरङको  कटहरी गाउँपालिकाका २१ वर्षीय करण कामतकको मृत्यु भएको छ भने घाइते हुनेमा कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ ।

मृतक कमातकाे शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरकाे विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएकाे छ ।

घाइते भएकै समूहकाबीचमा झडप भएको या अर्कै समूहले आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २५ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?