Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाटै अवकाशमा गएका छन् ।

सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । यही बीचमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।

जसकारण एआईजीमा बढुवा सिफारिस भएका पोखरेल ५६ वर्षे उमेर हदका कारण डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट अवकाशमा जाने भएका हुन् ।

असार १० मा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।


प्रकाशित मिति: २१ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?