Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एआईजीमा प्रस्तावित पोखरेल डीआईजीमै अवकाश


काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका पोषराज पोखरेल प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाटै अवकाशमा गएका छन् ।

सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । यही बीचमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।

जसकारण एआईजीमा बढुवा सिफारिस भएका पोखरेल ५६ वर्षे उमेर हदका कारण डीआईजीबाटै शुक्रबार राति १२ बजेबाट अवकाशमा जाने भएका हुन् ।

असार १० मा गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।


प्रकाशित मिति: २१ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?