Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

सांसद ढकालद्वारा मलेसियन सभामुखसँग शिष्टाचार भेट


मलेसिया । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बिचको मैत्रीपुर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नु भयो।

सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउदै अनुकुल समयमा नेपालको भ्रमण गर्छु भन्नु भयो। सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली हरुको हितको आबस्यक पहल र सदभाबको लागि सभामुख जोहरी संग आग्रह पनि गर्नु भयो।

भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर- संसदीय पहलकदमी अघि बढाउने र नेपाल – मलेसियाका जनप्रतिनिधि बीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?