Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सांसद ढकालद्वारा मलेसियन सभामुखसँग शिष्टाचार भेट


मलेसिया । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्। मलेसियन संसद भवनमा भएको भेटमा सांसद ढकालले संसदीय कुटनीति मार्फत नेपाल र मलेसिया बिचको मैत्रीपुर्ण सम्बन्ध थप उचाइमा पुर्याउनु पर्ने धारणा राख्नु भयो।

सांसद ढकालले नेपालको प्रतिनिधि सभाका सभामुख देबराज घिमिरिको तर्फवाट मलेसियन सभामुखलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने मलेसियन सभामुख जोहरीले मलेसियाले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई उच्च महत्वमा राखेको बताउदै अनुकुल समयमा नेपालको भ्रमण गर्छु भन्नु भयो। सांसद ढकालले मलेसियामा ठुलो संख्यामा रहेका नेपाली हरुको हितको आबस्यक पहल र सदभाबको लागि सभामुख जोहरी संग आग्रह पनि गर्नु भयो।

भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको लागि अन्तर- संसदीय पहलकदमी अघि बढाउने र नेपाल – मलेसियाका जनप्रतिनिधि बीच निरन्तर संवाद विस्तार गर्ने बिषयमा पनि छलफल भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल मलेसियाको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्।


प्रकाशित मिति: १९ असार २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?