Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

जीवन उपयोगी शिक्षाको बिम्ब, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको नतिजामा देखिन थालेको छ – उपप्रमुख डंगोल


काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुले ‘बुक फ्री फ्राइडे’ कार्यक्रममा सिकेका व्यवहारिक ज्ञान र सिपलाई सिर्जनात्मक प्रस्तुतिबाट प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौँमा सम्पन्न ‘काठमाडौँ एजुकेसनल ट्रान्सफरमेसन समीट – २०२४’ मा विद्यार्थीहरुले कला प्रदर्शन गरेका हुन् ।

अंग्रेजी माध्यममा विद्यार्थीहरुको नेतृत्वमा भएको प्रस्तुतिमा, ‘विपद र स्वच्छता’, ‘सूचना प्रविधि’, ‘कोडिङ् एण्ड एनिमेसन’, ‘योग’, ‘सम्पदा र संस्कृति’, ‘स्काउट’, ‘संगीत र नृत्य’, ‘चित्रकला’ लाई नाटक, बादन, धारणा प्रस्तुति, चित्रजस्ता सिर्जनात्मक माध्यमबाट प्रस्तुत गरेका थिए । यस प्रस्तुतिमा ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ्, मानविकी र गणित शिक्षा – स्टीम’, ‘वातावरण र पठन संस्कृति’ जस्ता विधा समेटिएका थिए । कार्यक्रममा २१ वटा विद्यालयका १७ वटा प्रदर्शनी थिए । यस्तै सिर्जनात्मक प्रस्तुतिमा २१ वटा विद्यालयका २८ जना विद्यार्थीले भाग लिएका थिए ।

कार्यक्रममा उपप्रमुख एक जनाको मात्र मन्तव्य राखिएको थियो । बाँकी सबै प्रस्तुति विद्यार्थीहरुले नै गरेका थिए । बस्ने हरेक टेवलमा विद्यार्थी, शिक्षक, साझेदार र विशिष्ट व्यक्ति अनिवार्य हुने गरी बस्ने व्यवस्था मिलाइएको थियो ।

कार्यक्रममा उपप्रमुख एक जनाको मात्र मन्तव्य राखिएको थियो । बाँकी सबै प्रस्तुति विद्यार्थीहरुले नै गरेका थिए । बस्ने हरेक टेवलमा विद्यार्थी, शिक्षक, साझेदार र विशिष्ट व्यक्ति अनिवार्य हुने गरी बस्ने व्यवस्था मिलाइएको थियो ।

प्रस्तुति हेरिसकेपछि महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘हामीले २०७९ सालको अन्त्यतिरका ४ महिनाको तयारीमा शैक्षिक सत्र २०८० बाट सामुदायिक विद्यालयहरुमा बुक फ्री फ्राइडे कार्यक्रम सुरु गरेका हौँ । आज विभिन्न विधामा व्यवहारिक ज्ञान र सिप सिकेका विद्यार्थीहरुले प्रस्तुत गरेको सिर्जनात्मक सिप तथा कला प्रदर्शनबाट हामीले गरेको निर्णय सही भएको र यसले नतिजा दिएको महसुस भएको छ ।’

कार्यक्रमका विशेषताका बारेमा धारणा राख्दै उहाँले थप्नुभयो, ‘हामी हाम्रा कामहरुलाई योजना भनेर होइन, यसको कार्यान्वयनबाट आएको नतिजा महसुस गर्ने बनाउँछौँ । बुक फ्री फ्राइडे कार्यक्रम एउटा उदाहरण हो । यो कार्यक्रम के हो, अब हामीले भन्न पर्दैन । विद्यार्थीको सिप, क्षमता, आचरणबाट रुपान्तरण महसुस गर्न सकिन्छ । शिक्षामा रुपान्तरण सम्भव छ, यो हामीले हाम्रै पालामा गर्न सक्छौँ, भन्ने यो एउटा सन्देश पनि हो ।’

अहिलेसम्मको उपलब्धी हासिल गर्न बौद्धिक एवम् शारीरिक श्रम गर्ने सबैप्रति आभार प्रकट गर्दै उहाँले, प्राप्त उपलब्धिको दिगोपनाका लागि सरोकारवाला राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय पक्ष तथा साझेदारहरुलाई सहकार्यका लागि आव्हान गर्नुभयो ।

सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार राष्ट्रिय अन्तरराष्ट्रिय सहलगानीमा शिक्षा सुधार कार्यक्रमअन्तर्गत समीट आयोजना गरिएको हो । कार्यक्रमको औपचारिक सत्रपछि शैक्षिक सुधार तथा सह लगानीका क्षेत्रमा काम गर्न सञ्जाल निर्माणमा छलफल गरिएको थियो ।

उहाँकाअनुसार अहिलेसम्मका प्राप्त नतिजाको प्रवर्धन गर्दै आगामी दिनमा महानगरपालिकाको शैक्षिक सुधार कार्यक्रममा राष्ट्रिय अन्तरराष्ट्रिय साझेदारलाई औपचारिक रुपमा सम्लग्न गराउने तथा ज्ञान, विज्ञता र स्रोतमा साझेदारिता बढाउने वातावरणका निर्माण गर्न समीट आयोजनाको लक्ष्य थियो । यसबाट मापन योग्य र प्रभावकारी नतिजा आउने लक्ष्य राखिएको थियो । यसँगै शिक्षा क्षेत्र प्रभाव सिर्जना गर्ने मात्र नभइ लगानीको क्षेत्र पनि हो भनेर अनुभूति गराउनु समीट आयोजनाको अर्को लक्ष्य थियो ।

समीटमा विद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, दूताबाससहित कुटनीतिक नियोगका प्रतिनिधि, बुक फ्री फ्राइडे सञ्चालन गर्दाका साझेदार, शिक्षा क्षेत्रका विज्ञ र साझेदार, बैङ्क तथा वित्तीय संघ संस्था, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिएको थियो ।


प्रकाशित मिति: १५ असार २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?