Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आज मिति २०८१ साल असार ६ गते विहिबार ,हेर्नुहोस आजको राशिफल


२०८१ साल असार गते ६ विहिबार (20 June, 2024) ज्येष्ठ शुक्लपक्ष त्रयोदशी ०६:४० बजेसम्म त्यसपछी चतुर्दशी

मेष – लामो दुरीको परदेशको यात्रा भएपनि यात्राका क्रममा विभिन्न समस्याहरु देखा पर्नेछन्। जीवन साथीसँग अबिश्वास बढ्ने हुँदा कामहरु प्रभावित हुने योग रहेको छ।  सवारी साधन तथा विलासी वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला, समय मध्ययम रहेको छ।

वृष – व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ। वादविवाद तथा प्रतिस्पर्धामा तपाईंकै जीत हुने तथा शत्रु परास्त हुनेछन्। न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन्।  पुरानो रोग तथा स्वास्थ्य सम्बन्धि समस्या हल भएर जानेछ।

मिथुन –  पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ। परिवार तथा सन्तानबाट तपाईंले गरेको काममा सहयोग हुनेछ। व्यापार व्यावसायमा लगानी बढाउँदा राम्रो कमाई हुनेछ।  साँझपख समय मध्ययम रहेकोले ऋण तथा रोगको सामना गर्नु पर्नेछ।

कर्कट – बोलीको प्रभाव बढ्ने हुँदा महत्वपूर्ण निर्णयहरु गर्न सकिनेछ। जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। विद्यार्थीहरुले थोरै समय दिँदा पनि उत्कृष्ट नतिजा ल्याउन सक्नेछन्। व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ। साँझपख यात्रा गर्दा ध्यान दिनुहोला।

सिंह – विद्यामा तपाईंको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भइ प्रतिस्पर्धीहरुलाई हराउन सकिनेछ। मायाप्रेममा नजिकिने समय रहेको छ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ। व्यापारमा प्रशस्त आम्दानी हुनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ। साँझपख सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला।

कन्या – स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला। परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन्। राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला। साँझपख समय राम्रो रहेकोले कीर्तिमानी काम गरी नाम कमाउन सकिनेछ।

तुला – कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा वृद्धि भएर जानेछ। अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैंतिर ल्याउन सकिनेछ। राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेको छ। विलासी वस्तुको प्रयोग मार्फत् अरुको मन लोभ्याउन सकिने।

बृश्चिक – नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ। राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेको छ भने व्यापारमा समय लगानी गर्नेहरुले मनग्गे धन कमाउन सक्नेछन्। माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ।

धनु – विद्यामा सोचे अनुरुप नै प्रगती हुनेछ । परिवार तथा आफन्तहरु तपाईंको कामदेखि प्रशन्न हुनेछन्।  दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ। मायाप्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ। सामाजिक क्षेत्रमा नाम, दाम तथा प्रतिष्ठा कमाउन सकिनेछ। साँझपख कष्टकर यात्रा नहोला भन्न सकिन्न।

मकर – व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने तथा घर परिवार तथा पती पत्नी बीच घरायसी कुरामा विवाद सिर्जना हुनेछ। गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ध्यान दिनुहोला। सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन्।

कुम्भ – नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्गे धन आर्जन गर्न सकिनेछ। खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप उर्जा पैदा हुनेछ। साँझपख व्यापारमा मन्दि आउनेछ।

मीन – राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले सर्वसाधारणसँग सन्तुलित व्यावहार गर्नुहोला, काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ। अध्ययन अध्यापनमा तपाईंको कमजोर उपस्थितिको फाईदा अरुले उठाउन सक्छन् ध्यान दिनुहोला। साँझपख समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नजिता आफैतिर ल्याउन सकिनेछ।

 


प्रकाशित मिति: ६ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?